बुद्धभूमि मेयर कप फुटबल: वडा नम्बर १ र ४ को विजयी सुरुवात

Advertisement

कपिलवस्तु, पुस ५ –
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाद्वारा आयोजित मेयर कप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। नगरप्रमुख केशव कुमार श्रेष्ठले खेलको औपचारिक उद्घाटन गर्नुभएको यस प्रतियोगिताको पहिलो दिन वडा नम्बर १ र वडा नम्बर ४ विजयी भएका छन्।

पहिलो खेलमा, वडा नम्बर ४ ले सशक्त प्रदर्शन गर्दै वडा नम्बर ३ लाई २-० गोल अन्तरले पराजित गर्‍यो। खेलमा वडा नम्बर ४ का खेलाडीहरूले उत्कृष्ट तालमेल प्रदर्शन गरे।

त्यसैगरी, दोस्रो खेलमा वडा नम्बर १ ले उपाधि दावेदार मानिएको वडा नम्बर २ लाई एकतर्फी खेलमा ५-० को भारी गोल अन्तरले पराजित गर्‍यो। वडा नम्बर २ ले खेलभरि गोलको खाता खोल्न नसक्दा लज्जास्पद हार बेहोर्नुपर्‍यो।

पहिलो दिनका खेलले प्रतियोगितामा वडा नम्बर १ र ४ लाई बलियो प्रतिस्पर्धीको रूपमा उभ्याएको छ। आगामी खेलहरू थप रोचक हुने अपेक्षा गरिएको छ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार