१९ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

१९ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं, २ बैशाख             नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० चैत २८ गतेको निर्णयले प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव उपरीक्षकहरूमा निर्मल पनेरू, ऋषिराम घर्तिमगर, दिपक मल्ल, धन बहादुर बोहोरा, जनार्दन घिमिरे, आयुश प्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय), पुरूषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाय, गुणराज बुढाथोकी, राम प्रसाद तिमल्सिना, भिषणबाबु राई, रूक बहादुर खड्का, रण बहादुर…
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबाट ट्राफिक सचेतना विशेष अभियान-२०८१ उद्‍घाटन

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबाट ट्राफिक सचेतना विशेष अभियान-२०८१ उद्‍घाटन

काठमाडौं, २ वैशाख  उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय सभागृह भृकुटीमण्डपमा आइतबार आयोजित विशेष समारोहबीच ‘ट्राफिक सचेतना विशेष अभियान-२०८१’ को पानसमा दीप प्रज्वलन गरी उद्‌घाटन गर्नुभयो ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा आयोजित उक्त कार्यक्रमको शुरूमा गृहमन्त्री रवि लामिछाने, गृहसचिव एकनारायण अर्याल, प्रहरी महानरीक्षक बसन्त बहादुर कुँवर, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् सुरक्षा तथा अन्य सरोकारवाला निकायहरूका प्रतिनिधिहरूको सहभागितामा सडक सुरक्षा सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि र्‍याली नेपाल वायुसेवा निगम प्राङ्गण सुन्धाराबाट शुरू भई वीर अस्पताल, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर मूल समारोह कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधनको क्रममा गृहमन्त्री लामिछानेले ट्राफिक…
भृकुटी मा.बि प्रबिणता तह पहिलो व्याचको पुनर्मिलन

भृकुटी मा.बि प्रबिणता तह पहिलो व्याचको पुनर्मिलन

२०८१ बैशाख १ कपिलवस्तु जिल्लामा बुद्वभुमी न.पा ४ मा अबस्थित भृकुटी उच्च माध्यमिक बिधालयमा २०६६-६७ सालमा प्रबिणता तह अध्ययनरत पुर्ब बिधार्थिहरुको बृहत् पुनर्मिलन तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सफल पार्न बिदेशमा रहेका साथिहरु कुलचन्द्र कडेल, तुल्सी आचार्य , पुष्पा पोख्रेल बेल्बासे र गोबिन्द कुवरले आर्थिक सहयोग पठाएका थिए। कार्यक्रम उपस्थिति पुर्ब बिधार्थिले आज पुर्ब बिधार्थी मन्च गठन गरेका छ्न। प्रकाश भुसाल (होमराज) को अध्ययक्षतामा ,निरन्जन खनाल उपाध्यक्ष , झबिन भण्डारी सचिब, मन्जु थारु सहसचिब , रामपथ थारु कोषाध्यक्ष रहने गरि १३ सदस्यीय समिती गठन भएको छ ।भृकुटी उ.मा.बि को प्रबिणता तह प्रथम ब्याच भएको हुदा आफुहरुले अभिभावकत्व लिदै…
नयाँ वर्षसँगै नेपालीहरूमा थप उत्साह थपिनेछ : उपाध्यक्ष घिमिरे

नयाँ वर्षसँगै नेपालीहरूमा थप उत्साह थपिनेछ : उपाध्यक्ष घिमिरे

काठमाडौं, वैशाख १ गते । जनताले नयाँ संविधान पाए पनि सोही अनुरूप मुलुक अगाडी बढ्न नसक्दा  जनतामा अहिले चरम निराशा देखिन थालेको छ । यो निराशालाई चिर्दै नयाँ वर्षसँगै जनतामा थप उत्साह थपिने बताउनुभएको छ ।  विधायीकाले कानुनहरू निर्माण गरी जनताको आशा पुरा गर्ने पक्षमा रहेको बताउनुहुँदै राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे यस्तो बताउनुभएको हो । सरकार र व्यवस्थापिका सांसदले संविधान अनुरूप बन्न बाँकी रहेका कानुनहरू बनाउने र सङ्घीयताको अभ्यासलाई थप सुदृढ र परिष्कृत गर्दै लैजान थप सक्रियता देखाउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले नयाँ वर्ष २०८१ को अवसरमा सबैमा शुभकामना दिनुभएको छ । 
थारु खाना र हस्तकला प्रवर्धन गर्न बृजा ताल खाना महोत्सव

थारु खाना र हस्तकला प्रवर्धन गर्न बृजा ताल खाना महोत्सव

जानु पाण्डेकपिलवस्तु वैशाख १ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा थारु संस्कृति प्रवर्धन गर्न बृजा ताल खाना महोत्सव सञ्चालन गरिएको छ । शनिवार देखी नगरपालिकाको वडा नम्बर ९ बक्लीपुरमा रहेको पर्यटन उन्मुख क्षेत्र बृजा ताल सँगै थारु हस्तकला, संस्कृति र खानाको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको छ ।महोत्सवको समुद्घाटन गर्दै पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले थारु संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै पर्यटन सँग जोड्नु पर्ने बताउनु भयो । हरियाली सामुदायिक वनको स्वामित्वमा रहेको बृजा तालमा पर्यापर्यटनको विकास गर्न र तालको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्न जरुरी देखिएको आचार्यले औँल्याउनु भएको थियो ।कार्यक्रममा…
मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, ३० चैत             ताप्लेजुङ, फुङलिङ नगरपालिका-११ फावाखोला बस्ने ३६ वर्षीय भक्ते लिम्बु सोही नगरपालिका-११ हात्तेलुङस्थित भिर तल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।             नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-१ छिवानीस्थित जनकल्याण सामुदायिक बनको रायपुरवा खोलाको किनारमा प्रकातपुर गाउँपालिका-३ बस्ने ७३ वर्षीय गोपाल थारू बिहीबार मृत अवस्थामा फेला परेका छन् ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चट्याङ लागेर मृत्यु

चट्याङ लागेर मृत्यु

ओखलढुंगा, ३० चैत खिजिदेम्बा गाउँपालिका-४ लोसा बस्ने ३८ वर्षीय बोमन बहादुर तामाङको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको छ । घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनको सोही ठाउँस्थित स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कपिलवस्तुका एक सहित ३ जनाको डुबेर मृत्यु

कपिलवस्तुका एक सहित ३ जनाको डुबेर मृत्यु

काठमाडौं, ३० चैत जुम्ला, पातारासी गाउँपालिका-४ लुम बस्ने बिर्खे रेउलेको छोरा ५ वर्षीय डिकेन्द्र रेउलेको घर नजिकै रहको नहरमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । बर्दिया, बारबर्दिया नगरपालिका-३ ढुङग्राही बस्ने कृष्ण पुरीको छोरा १२ वर्षीय मुस्कान पुरीको सोही ठाउँस्थित बबई नदीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कपिलवस्तु, महाराजगंज नगरपालिका-७ गंगौरी बस्ने गरिब मुराउको छोरा १५ वर्षीय रामफेर मुराउको सोही ठाउँस्थित कन्चनिया खोलामा पौडी खेल्ने क्रममा डुबेर…
च्याउ टिप्न जंगल पुगेका वालकको डढेलोमा परेर मृत्यु

च्याउ टिप्न जंगल पुगेका वालकको डढेलोमा परेर मृत्यु

डोल्पा, ३० चैत त्रिपुरासुन्दरी नगरपालिका-४ बस्ने १० वर्षीय सुलश बुढाको आगोले जलेर बिहीबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका-४ रंगस्थित सामुदायिक वनमा च्याउ टिप्न गएको अवस्थामा वनमा लागेको आगोमा जलेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दुनै डोल्पामा उपचारको क्रममा मृत्यु भएको हो । साथै आगोले जलेर घाइते भएका २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सवारी दुर्घटनामा ६ जनाको मृत्यु

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, ३० चैत              जुम्ला, कनकासुन्दरी गाउँपालिका-५ स्थित सडकमा  लु.५ त १४६० नम्बरको  ट्याक्टर  सडकबाट करिब १ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा चालक सल्यान त्रिबेणी गाउँपालिका-४ थोलाबाङ बस्ने २४ वर्षीय बसन्त रेउलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा  मृत्यु भएको हो ।             सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-३ गितखोरास्थित सडकमा  प्र.१-०१-००२ ह ३७१६ नम्बरको सिटि रिक्सा अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा रिक्सामा सवार सोही नगरपालिका-१ भलुवा बस्ने ३० वर्षीय श्याम कुमार यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको भारदह अस्पताल सप्तरीमा उपचारको क्रममा मृत्यु भएको…