एक हप्तामा १४ स्थानमा आगलागी, कपिलवस्तुका १० करोडको क्षती
कपिलवस्तु वैशाख ९ गते । कपिलवस्तुमा वैशाख महिनामा १४ पटक आगलागी हुँदा ९ करोड ८९ लाख बराबरको धनमाल नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सुक्खा याममा उच्च वेगमा हावा चले पछि आगलागीको घटना बढेको छ ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि बहादुर वलीले जिल्लामा चैत्र र वैशाखमा ३४ पटक बस्तीमा आगलागी भएको बताउनु भयो । वैशाखको पहिलो सातामा १४ आगलागीका घटना रेकर्ड भएको छ । जसमा ६१ घर र ११ गोठ जलेर नष्ट भएको छ । घटनामा ११ पशु चौपायाको मृत्यु भएको कार्यालयले जनाएको छ ।यसै गरी जिल्लामा चैत्र महिनामा २० पटक आगलागी भएको…
