कालिगण्डकीमा उर्लिएको बाढीले रिडी डुबायो, मिर्मी पुल बगायो

कालिगण्डकीमा उर्लिएको बाढीले रिडी डुबायो, मिर्मी पुल बगायो

गुल्मी, असोज ११ गते । कालिगण्डकी नदीमा पानीको बहाव बढेपछि गुल्मी र पाल्पाको रिडी तटीय क्षेत्र डुबानमा परेको छ । नदीले जलसतह पार गरेपछि रुरुक्षेत्र गाउँपालिका–१ रिडीका बगर क्षेत्र, बजार आसपासका संरचना तथा कालिगण्डकी करिडोरसमेत डुबानमा परेका छन् ।

नदीको बहाव बढेपछि रिडी बगरमा निर्माण गरिएका पल्चा, मन्दिर, घाटलगायतका संरचना डुबेका छन् । रुरुक्षेत्र गाउँपालिका–१ का व्यवसायी रविलाल पन्थका अनुसार नदीको पानी बगर क्षेत्रका संरचनासम्म पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भिमकिरण बोगटीका अनुसार शनिबारदेखि नै कालिगण्डकीमा पानीको बहाव बढिरहेको छ । जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सारिएको उहाँले बताउनुभयो ।

गुल्मी र पाल्पाको रिडी तटीय क्षेत्रका पसल, घाट, मन्दिर तथा खेलकुद संरचनासमेत डुबानमा परेको बोगटीले बताउनुभयो । नदीको बहाव अझै बढिरहेकाले स्थानीय र सुरक्षाकर्मीलाई उच्च सतर्क अवस्थामा राखिएको उहाँको भनाइ छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार

//uplcm.com/4/6824010