प्याब्सन कपिलवस्तुद्वारा हस्तलेखन र निबन्ध लेखन प्रतियोगिता सम्पन्न

प्याब्सन कपिलवस्तुद्वारा हस्तलेखन र निबन्ध लेखन प्रतियोगिता सम्पन्न

प्याब्सन कपिलवस्तुद्वारा आयोजित हस्तलेखन तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाको बुद्धभूमि ९ चौवन्न बुद्धभूमि क्याम्पसमा हस्तलेखन र निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको हो ।

सहभागी विद्यार्थीले अंग्रेजी र नेपाली दुवै भाषामा हस्तलेखन एवम निबन्ध लेखेका थिए। हस्तलेखन अंग्रेजी तर्फ कक्षा नर्सरी देखि यु केजी मा राइजिङ्ग स्टारकी आरुसी पौडेल प्रथम, आवर मदरल्याण्ड एकेडमीकि आयुष्मा आचार्य द्वितीय युनिक बोड्डिङ्ग स्कुलकि सृष्टि थापा तृतीय नर्थ पोइन्ट इङ्ग्लिस बोर्डिङ स्कुलकी दृष्टि घर्ती सान्त्वना भइन। नेपाली तर्फ न्यु शिशु बोर्डिङ स्कुलकी प्रिया भुज प्रथम, सनराइज इङ्ग्लिस बोर्डिङ स्कुलकी सान्वी यादव दितिय, युनिक बोड्डिङ्ग स्कुलका शिवंश काफ्ले तृतीय र आदर्श इङ्ग्लिस बोर्डिङ स्कुलका श्याम सुन्दर काफ्ले सान्त्वना भएका छन्।


यस्तै हस्तलेखन अंग्रेजी तर्फ कक्षा १ देखि ५ मा शिवगडि बोर्डिङ स्कुलकी रीतिका सुबेदी प्रथम, बाल ज्योतिका छिनिंग राना दितिय, हिल्बटकी रिश्मा थापा तृतीय र राइजिङ्ग स्टारकी गरिमा आचार्य सान्त्वना भइन भने नेपाली तर्फ राइजिङ्ग स्टारकी सृष्टि सुनार प्रथम, हिल्बटकी सामना पोख्रेल दितिय, जेनिथ बोर्डिङ स्कुलकी रिता केसी तृतीय सेन्ट जुडेसकी बबली निगम सान्त्वना भइन।


मावि स्तरीय नेपाली निबन्ध लेखन तर्फ हिल्बटकी एन्जिला पाण्डे प्रथम, सनराइज इङ्ग्लिस बोर्डिङकी सुस्मा यादव दितिय, सनराइज इङ्ग्लिस बोर्डिङका रामेश्वर कोरी तृतीय र आदर्शकी सौरबि त्रिपाठी सान्त्वना भइन भने अंग्रेजी तर्फ शिवगडि बोर्डिङ स्कुलकि यमुना कुमारी अधिकारी प्रथम, होराइजनका अङ्कित पोख्रेल दितिय, सेन्ट जुडेसकी वैशाली पाण्डे तृतीय र सोसियल बोर्डिङकी देवीका चौधरी सान्त्वना भइनन्।


कार्यक्रम प्याब्सन कपिलवस्तुका अध्यक्ष धिरेन्द्र विक्रम सिंहको अध्यक्षता, उद्घाटन सत्रका प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सदस्य सुन्दर पाण्डे, समापन सत्रका प्रमुख अतिथि जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुका प्रमुख लोकनाथ मरासिनीको प्रमुख आतिथ्यता, वरिष्ठ उपाध्यक्ष तोयानाथ गैरेको स्वागत मन्तव्य रहेको कार्यक्रममा , सचिव राजु अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार

//omg10.com/4/6824010