कपिलवस्तुको घटना : पुलको जग खन्दा माटोले पुरीएर एक जनाको मृत्यु

Advertisement

कपिलवस्तु, वैशाख २८ गते

कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका–१, नेवलागन्जमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ। नेवलागन्जमा निर्माणाधीन झोलुङ्गे पुलको फाउन्डेसन खन्ने क्रममा आइतबार बिहान करिब ११ बजे माटो खस्दा दुई जना कामदार पुरिएका थिए।

पुरिएकामध्ये नेवलागन्जकै ३० वर्षीय केशव थापाको मृत्यु भएको शिवराज आधारभूत अस्पताल चन्द्रौटाले जनाएको छ।

घटनामा ४८ वर्षीय सर्जुलाल चौधरी गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिनुभयो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार