क्यान्भास पेन्टीङले भारतीय राष्ट्रपतीको मन जित्ने कपिलवस्तु की संचिता

Advertisement

भारतको नेशनल ग्यालरी अफ मोर्डन आर्टको आयोजनामा “भिजन २०४७ ः विकसित भारत” शीर्षकमा २ हजार बढी चित्रकारले केनभास पेन्टिङ बनाएका थिए । दिल्ली स्थित पुरानो किलामा एक दिने आर्ट क्याम्प आयोजना गरिएको थियो । क्याम्पमा कपिलवस्तु कि सञ्चिता अग्रहरीले ४ घण्टा लगाएर भारतको आर्थिक प्रगतिको चित्रण क्यानभासमा उतार्नु भएको थियो । त्यो चित्र उत्कृष्ट १५ मा पर्न सफल थियो । भारतको राष्ट्रपति भवनमा २ महिना चलेको प्रदर्शनीमा राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुद्वारा अवलोकन गर्नु भएको थियो ।


“मैले भारतको विश्वव्यापी आर्थिक विस्तारलाई चित्रमा उतारेकी हुँ,” सञ्चिताले भन्नु भयो, “रुपैयाँको प्रतीकले वित्तीय शक्ति, बुलले मजबुत अर्थतन्त्र, अशोक चक्रले लोकतन्त्र र स्थिर प्रगति तथा सेतो छिटाले द्रुत गतिमा भइरहेको विकासलाई देखाउँछ ।” चैत १८ गते उक्त प्रदर्शनी चलेको थियो । राष्ट्रपति मुर्मुले अवलोकनका क्रममा तस्बिरको भावले भारतको आर्थिक विकासलाई प्रदर्शन गर्ने बुझाइका साथ चासो दिएर अवलोकन गर्नु भएको थियो ।
कपिलवस्तु नगरपालिका वडा नं. २ जमुवारटोलकी २५ वर्षीय सञ्चितालाई पेन्टिङमा सानै देखी रुचि थियो । विद्यालयमा चित्र बनाए पुरस्कार जित्नु हुन्थ्यो । त्यसैको प्रेरणाले प्रोट्रेट, लेण्डस्केप, हिस्टोरिकल र आयल पेन्टमा विभिन्न सिर्जना गर्नु भयो । स्नातक तहको अध्ययन पुरा गरेर अवधि लोककलाका चित्र बनाउनु भयो । चित्रकलाको अध्ययनको रुचि पुरा गर्न परिवारले ललितकला क्याम्पस जान सल्लाह दिन्थे तर अग्रहरीले भारतको दिल्ली स्थित ‘दिल्ली कलेज अफ आर्ट’ लाई रोज्नु भयो । तिन वर्ष देखी उहाँ ‘फाईन आर्ट’ विधामा स्नातक गर्दै हुनु हुन्छ । अध्ययनको क्रममा उनी पहिलो वर्षको परीक्षामै कलेजमा उत्कृष्ट विद्यार्थी बन्नु भएको थियो ।
उहाँले बनाएका तस्बिरहरू दिल्लीको ललितकला एकेडेमी २ पटक र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीले कानपुरमा समेत प्रदर्शन भएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले लुम्बिनी प्रदेशमा आयोजना गरेको प्रदर्शनीमा अवधि लोक कलाका तस्बिर प्रदर्शन गर्नु भएको थियो । अहिलेसम्म उनले ५० भन्दा बढी आयल पेन्टिङ बनाइसकेकी छन्, जसको केही विक्री पनि भइसकेको छ । छोरीले चित्रकलामा देखाएको लगाव र सफलताले गर्वित बनाएको छ । हाम्रो परिवारको सहयोगले सञ्चिताको कलालाई विदेशमा समेत चर्चा पाएको बुवा लव कुश प्रसाद अग्रहरी बताउनु भयो ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार