कुवेतमा ग्याँस सिलिण्डर विष्फोट हुँदा मृत्यु भएका रोकाको शव नेपाल ल्याइयो

Advertisement

कुवेतमा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक साता अघि मृत्यु भएका तनहुँको एक व्यक्तिको शव नेपाल ल्याइएको छ।

बन्दीपुर गाउँपालिका–२ मोहोरिया सरोज रोकाको शव नेपाल ल्याइएको हो। कम्पनीमा काम गरिरहेकै बेला ग्याँस सिलिन्डर विस्फोट हुँदा घाइते रोकाको गत सोमबार मृत्यु भएको थियो। 

रोकाको शव नेपाल ल्याउन नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रेशम गुरुङले पहल गर्नुभएको थियो। गुरुङले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामार्फत कुवेतस्थित नियोगमा सम्पर्क गरि रोकाको शव नेपाल ल्याउन पहल गर्नुभएको थियो। 

सुरजको परिवारले शव नेपाल झिकाउन सहयोग गर्न गुरुङलाई अनुरोध गरेका थिए। गुरुङको सहयोगमा सुरजको शव चाँडै नै नेपाल ल्याउन सकिएको मृतकका बुबा लक्ष्मण रोकाले बताउनुभयो।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार