प्रेस चौतारीको  स्थापना दिवस: अनाथ बालबालिकालाई राहत सामाग्री वितरण

Advertisement

प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको आयोजनामा प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवसको अवसरमा शिवराज नगरपालिका ५ मा रहेका अनाथ बालबालिकालाई राहत सामाग्री वितरण गरिएको छ।  प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझीको अध्यक्षतामा आयोजित राहत  सामाग्री वितरण कार्यक्रममा प्रेस चौतारी नेपालका नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारीले अनाथ बालबालिकाहरूलाई सहयोग गर्नु प्रशंसनीय कार्य भएको बताए।
यस्तो मानव सेवा कार्यमा सबै जना लाग्नुपर्ने नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य अधिकारीले जोड दिए । कार्यक्रममा अधिकारीले नगद २ हजार, वडा नं.३ वडा अध्यक्ष टेकलाल सापकोटाले नगद ५ हजार प्रदान गरेका थिए । नेकपा एमाले जिल्ला कमिटी सचिव सि वि गहतराजले कपि, कलम र २५ केजी चामल प्रेस चौतारी इन्चार्ज राम प्रकट कोरीले ५० केजी चामल सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रेस चौतारी शाखा कपिलवस्तुबाट चामल २५ किलो, खाने तेल ५ ली, बेसार २ पोका, नुन २ पोका, साबुन १० वटा, सर्फ २ पोका, चिनी ५ किलो र चिया पत्ती १ किलो प्रदान गरिएको छ । मदिना गल्ला भण्डारबाट २५ किलो चामल र सौगात टेड्रस नगद १२ सय सहयोग प्रदान गरिएको छ । 

By एन टी एन ब्युरो

उस्तै खालका समाचार