कपिलवस्तुमा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कपिलवस्तुमा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कपिलवस्तु, कात्तिक १२ गते ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२ भुसुडीमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा १४ वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार साँझ करिब ६ः५५ बजे भुसुडीस्थित भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ९२ प १३०९ नम्बरको १५० सीसी पल्सर मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका–१ सेखुईया निवासी राजकुमार विकका १४ वर्षीय छोरा आकाश विक गम्भीर घाइते हुनुभएको थियो । टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेका उहाँलाई उपचारका लागि भैरहवा लगिएकोमा साँझ ७ः३५ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी रिपेन्द्र कुमार सिंहले बताउनु भयो । 

मोटरसाइकलको ठक्करबाट ४० वर्षीया स्थानीय राधिका लोधसमेत घाइते हुनुभएको छ । उहाँको खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरी चौकी लवनीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक राजिव श्रेष्ठको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । दुर्घटनामा सङ्लग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार

//uplcm.com/4/6824010