बुद्धभूमि महोत्सवमा शनीवार राज–पुस्कल र आइतवार बद्री–समीक्षा

Advertisement

पाँचौँ बुद्धभूमि महोत्सवमा शनीवार र आइतवार दर्जनौँ चर्चित कलाकारहरूको धमाकेदार प्रस्तुति हुने भएको छ। आयोजकका अनुसार शनीवार मुख्य कलाकारका रूपमा गायक राज कुस्मी र पुस्कल स्टेजमा उत्रिनेछन्। साथै सोही दिन लोकगायिका विष्णु श्रीपाली, लोकगायक शिव खनाल र गायक विमल थापाले पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम गरिएको छ।

त्यसैगरी आइतवार प्रसिद्ध गायक बद्री पंगेनी र गायिका समीक्षा अधिकारीका साथै र्यापर सिफिन र मोडल तथा डान्सर भावना चौधरीको आकर्षक प्रस्तुति रहनेछ। यसबारे जानकारी दिँदै बुद्धभूमि उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेलले विविध विधाका कलाकारको निरन्तर उपस्थितिले महोत्सव झनै आकर्षक बनेको बताएका छन्।

बुद्धभूमि–२, गोरुसिङ्गेमा जारी महोत्सव मंसिर १६ गतेसम्म सञ्चालन हुने छ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार