कपिलवस्तुको गोरुसिङ्गेमा चौथो बुद्धभूमि महोत्सव जारी छ । महोत्सवको छैठौ दिन ८ हजार बढि दर्शकले अवलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ बुद्धभूमिले जनाएको छ।
कृषि व्यापारिक, साँस्कृतिक, पर्यटन तथा आद्यौगिक प्रदर्शनीको पहिलो दिन बाटै दर्शकको राम्रो साथ पाएको संघका अध्यक्ष शुभलाल भुसालले बताए। साथै
महोत्सवमा पहिलो बुद्धभूमि कपिलवस्तु डान्सिङ स्टार सञ्चालन भैरहेको छ । जस अन्तर्रगत शुक्रबार टप ७ को प्रतिस्पर्धा हुने छ।
बिहिबार चर्चित गायक प्रकाश दुताराज, थारु गायिका सोनु कुश्मी,शोभा त्रीपाठि, लोक दोहोरी गायक विमल वि सी, गायिका
दुर्गा क्षेत्री, डान्सर श्रीष्टी पौडेल, रानी परियार लगायतकाले दर्शकहरूलाई छमछमि नचाउँदै मनोरन्जन प्रदान गरेका थिए । शुक्रबार चर्चित थारु गायक राज कुश्मी, गायक पुस्कल शर्मा, भोजपुरी गायक अनिल दिवाना, बाल गायिका जिया भुसाल, गायक तथा उद्घोषक ढाकाराम पौडेल, डान्सर- श्रीस्टी पौडेल लगायतको प्रस्तुति रहने साँस्कृतिक संयोजक हरि शर्माले जानकारी दिनुभयो ।

