कपिलवस्तुको गोरुसिङ्गेमा चौथो बुद्धभूमि महोत्सव जारी छ । महोत्सवको चौथो दिन ४ हजार बढि दर्शकले अवलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ बुद्धभूमिले जनाएको छ।
कृषि व्यापारिक, साँस्कृतिक, पर्यटन तथा आद्यौगिक प्रदर्शनीको पहिलो दिन बाटै दर्शकको राम्रो साथ पाएको संघका अध्यक्ष शुभलाल भुसालले बताए। साथै
महोत्सवमा पहिलो बुद्धभूमि कपिलवस्तु डान्सिङ स्टार सञ्चालन भैरहेको छ । जस अन्तर्रगत सोमबार टप १३ को प्रतिस्पर्धा हुने छ। टप १३ बाट भोटिङ्ग राउण्ड सुरु भए संगै आज ४ प्रतिस्पर्धी बाहिरिने डान्सिङ्ग स्टार संयोजक लक्ष्मण न्यौपानेले बताए।
आइतबार राष्ट्रिय चर्चित गायीका बिन्दु परियार, रिता शाही, दिपक भण्डारी र थारु गायक रंजित थारु लगायतले दर्शकहरूलाई छमछमि नचाउँदै मनोरन्जन प्रदान गरेका थिए । सोमबार चर्चित थारु गायिका एवम मोडल अन्जु कुस्मी (फूलकुमारी), लोकदोहोरी गायक विक्रम परियार, प्रुशोतम न्यौपाने (पुर्खे बा), सम्झना रणपाल लगायतको प्रस्तुति रहने साँस्कृतिक संयोजक हरि शर्माले जानकारी दिनुभयो ।

