चौथो बुद्धभूमि महोत्सवको तेश्रो दिन ५ हजार बढीले गरे अवलोकन

Advertisement

कपिलवस्तुको गोरुसिङ्गेमा चौथो बुद्धभूमि महोत्सव जारी छ । महोत्सवको तेश्रो दिन ५ हजार बढि दर्शकले अवलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ बुद्धभूमिले जनाएको छ।
कृषि व्यापारिक, साँस्कृतिक, पर्यटन तथा आद्यौगिक प्रदर्शनीको पहिलो दिन बाटै दर्शकको राम्रो साथ पाएको संघका अध्यक्ष शुभलाल भुसालले बताए। साथै
महोत्सवमा पहिलो बुद्धभूमि कपिलवस्तु डान्सिङ स्टार सञ्चालन भैरहेको छ । जस अन्तर्रगत आइतबार टप १७ को प्रतिस्पर्धा हुने छ। टप १७ बाट भोटिङ्ग राउण्ड सुरु हुने डान्सिङ्ग स्टार संयोजक लक्ष्मण न्यौपानेले बताए।
शनिबार राष्ट्रिय चर्चित थारु कलाकार आर के थारु, गायिका एन्जिला रेग्मी, बाल कलाकार एक्टिमा परियार लगायतले दर्शकहरूलाई छमछमि नचाउँदै मनोरन्जन प्रदान गरेका थिए । आइतबार बिन्दु परियार, शिलु भट्टराई, दिपक भण्डारी, रंजित थारु लगायतको प्रस्तुति रहने साँस्कृतिक संयोजक हरि शर्माले जानकारी दिनुभयो ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार