जिल्ला अदालत कपिलवस्तुका २ कर्मचारी घुस सहित नियन्त्रण
कपिलवस्तु कात्तिक २७ गते । जिल्ला अदालत कपिलवस्तुका २ कर्मचारी घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले तहसिलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई घुस रकम सहित नियन्त्रण लिएको छ । मङ्गलवार बेरितको बन्डा मुचुल्का बदर गर्ने बहानामा २० हजार घुस सहित नियन्त्रण लिइएको जनाएको छ ।
आयोग बुटवलका सूचना अधिकारी उप सचिव गीता आचार्यले दुवै जनाबाट श्रोत नखुलेको रु.९६,८००।– (छयानब्बे हजार आठ सय रुपैयाँ) समेत बरामद भएको बताउनु भयो । घटनाको विषयमा थप अनुसन्धान भई रहेको आयोग कार्यालयले जनाएको छ ।

