बुद्धभूमि महोत्सवमा डन्सिङ्ग स्टार हुने, संयोजकमा लक्ष्मण न्यौपाने

Advertisement

बुद्धभूमि उद्योग बाणिज्य संघको आयोजनामा यही मंसिर ७ गतेदेखि १७ गतेसम्म हुने चौथो बुद्धभूमि महोत्सवमा चौथो बुद्धभूमि डान्सिङ्ग स्टार हुने भएको छ ।जिल्लामा नृत्यमा रुचि राख्नेहरुकाबीच प्रतिस्पर्धा गराउने उद्देश्यले चौथो डान्सिङ्ग स्टारको आयोजना गर्न लागिएको हो ।

डान्सिङ्ग स्टारको संयोजकको जिम्मेवारी लक्ष्मण न्यौपानेलाई प्रदान गरिएको छ ।नृत्युमा रुचि भएकाहरुका लागि आफ्नो प्रतिभा देखाउने डान्सिङ्ग स्टार एक महत्वपूर्ण प्याटफर्म भएको संयोजक न्यौपाने बताए । उनले डान्सिङ्ग स्टारमा प्रतियोगी छनोटको प्रक्रिया केही दिनमै सुरु हुने बताए ।

नृत्य प्रति रुचि भएकाहरुले बुद्धभूमि उद्योग बाणिज्य संघको कार्यालय गोरुसिङ्गेमा सम्पर्क राख्न सक्नेछन् । चौथो बुद्धभूमि महोत्सव बुद्धभूमि नगरपालिकाको गोरुसिङ्गे इलाका प्रहरी कार्यालयको छेउमा हुदैं छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार