शिवराजमा रित्तीयो नेकपा एस, नेता कार्यकर्ताको बिशाल समुह एमाले प्रवेश

Advertisement


कपिलवस्तु असोज १८ गते ।

कपिलवस्तुको शिवराज नगरपालिकामा एकीकृत समाजवादीमा पहिरो गएको छ । एमाले शिवराज नगरमा शुक्रवार एकीकृत समाजवादीका ठूला नेताहरू र अन्य दलबाट २५० भन्दा बढी कार्यकर्ताहरूले एमालेमा सनसनीपूर्ण ढंगले घर फर्केका छन्। नेकपा एमाले केन्द्रिय सदस्य तथा भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले नव प्रवेसीलाई एमालेमा स्वागत गर्नु भएको थियो ।

केन्द्रीय परिषद सदस्य छविलाल शर्माको नेतृत्वमा प्रदेश सदस्य जित बहादुर रावत, जिल्ला सचिव सरोज पौडेल, बल बहादुर बिस्वकर्मा, शिवराज उपाध्यक्ष सम्झना चौधरी लगायतका नेताहरूले एकैचोटि पार्टी छोड्दै एमालेमा प्रवेश गरेपछि, एकीकृत समाजवादीको शिवराज नगरमा संगठन लगभग धराशायी बनेको छ।

एमाले शिवराज नगर कमिटीद्वारा आयोजित दशैको विशेष कार्यक्रममा, नेपाली कांग्रेस, माओवादी केन्द्र र लोसपाका कार्यकर्ताहरूले पनि एमालेको झण्डा उठाउँदै सनसनी मच्चाएका छन्। पार्टीमा प्रवेश गर्ने यी नयाँ सदस्यहरूको स्वागत एमाले केन्द्रीय सदस्य तथा भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारिले गरे।

राजनीतिक विश्लेषकहरूका अनुसार, यस घटनाले एकीकृत समाजवादी पार्टीको शिवराज नगरको संगठनलाई प्रायः शून्यमा झारिदिएको छ। पार्टीको मैदान लगभग रित्तिएको र नेताहरूको यो सामूहिक पलायनले एकीकृत समाजवादीलाई ठूलो झड्का दिएको छ। शिवराज नगर कमिटिको अध्यक्षको कमाण्ड सम्हालेका नगर अध्यक्ष महादेव पोख्रेल नेतृत्वको कमिटिले एमालेबाट अलग भएकालाई पुःन प्रवेश गराउन सफल गराउन सकेकोमा धन्यवाद समेत दिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय कमिटी सदस्य तथा नेपाल सरकारका भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्तव्य राख्दै, समृद्ध नेपाल, सुखी नेपालीको नारालाई पूरा गर्न नेकपा एमालेको एकता र सहकार्यलाई विशेष जोड दिए। उहाँले अन्य पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नु पार्टीको सशक्तीकरण र देशको विकासको लागि महत्वपूर्ण रहेको बताए। उहाँले नेकपा एमालेले आगामी निर्वाचनमा बहुमत हासिल गर्ने विश्वास व्यक्त गर्दै सबैलाई अभियानमा एकजुट भएर लाग्न आह्वान गरे। साथै, प्रविधिको युगमा सामाजिक सञ्जालको विवेकपूर्ण प्रयोग गर्न कार्यकर्ताहरूलाई सचेत गराउनुभयो।

विशिष्ट अतिथि पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गिरिधारीलाल न्यौपानेले एमालेको सशक्त संगठन र जनताको सेवाका लागि प्रवेश गर्ने कार्यकर्ताहरूलाई धन्यवाद व्यक्त गर्दै पार्टीको योगदान र भविष्यका योजनाहरूमा चर्चा गरे। कार्यक्रममा एमाले नगर कमिटी अध्यक्ष महादेव पोखरेलले नेता कार्यकर्ताहरूलाई स्वागत गर्दै, पार्टीमा नयाँ प्रवेश गरेका सदस्यहरूलाई एकताबद्ध भई पार्टीको मार्गनिर्देशनमा लाग्न आह्वान गरे। उहाँले नेकपा एमालेले शिवराज नगरपालिकामा नेतृत्वदायी भूमिका खेल्दै आएको र यसलाई अझ बलियो बनाउनको लागि सबैको समर्थन आवश्यक रहेको बताए।

अन्य वक्ताहरूमा पार्टी जिल्ला अध्यक्ष बाबुराम खनाल, प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी, अर्जुन कुमार केसी लगायतले पनि शुभकामना दिएका थिए। कार्यक्रम एमाले नगर कमिटी अध्यक्ष महादेव पोखरेलको अध्यक्षता र सचिव रोशन एमसीको सञ्चालन, एमाले उपाध्यक्ष टेकलाल सापकोटाको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार