स्यालको आक्रमणबाट १० जना घाइते, रेविज भ्याक्सीन सकिए पछि बुटवल रेफर

Advertisement

कपिलवस्तु असोज १८ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा स्यालको आक्रमणबाट १० जना घाइते हुनु भएको छ । पालिकाको वडा नम्बर ३ को पत्थरदेइया र महादेइया बस्तीमा स्यालले आक्रमण गरेको थियो । आक्रमणबाट पत्थरदेइया बस्ने वर्ष १२ को महाजार आलम र कृष्ण यादव, वर्ष ५२ कि राजमती कोरी, वर्ष ५५ का जगनाथ अहिर, वर्ष ५० को भोला पासी महादेइयाका वर्ष ५० का बव्बु केवट र मुन्ना लाल चौधरी , वर्ष ३५ को शिवकुमार यादव र वर्ष १५ का अर्जुन यादव रहेका छन् ।
दुवै बस्तीमा बिहीबार राती स्यालले आक्रमण गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले बताउनु भयो । घाइतेहरूको शिवराज अस्पताल बहादुरगन्जमा उपचारको लागी पुराइएको छ । अस्पतालमा रेबिज भ्याक्सिन सकिए पछि ४ जनालाई बुटवल रिफर गरेको प्रहरीले जनाएको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार