आजबाट गोरुसिंगेमा रोदी घर (दोहोरी साझँ) सञ्चालन

Advertisement


कपिलवस्तु असोज १७ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा बिहीवार देखी रोदी घर संचालनमा आएको छ । घटस्थापनाको दिन पारेर दोहोरी साँझ (रोदी घर) सञ्चालन गरिएको संचालक लक्ष्मण न्यौपानेले बताउनु भयो ।
मिलन रोदी घर को नामबाट संचालन हुने दोहारी साँझ मा राष्ट्रिय र स्थानीय कलाकारको गित तथा नृत्यबाट मनोरन्जन दिइने छ । दोहोरी साँझ संचालनमा आए पछि मनोरन्जनको लागी बुटवल जानु पर्ने बाध्यता अन्त्य हुने लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलवस्तुका कोषाध्यक्ष भक्तीराम घिमिरेले बताउनु भयो ।
हामीले बाहिर भन्दा सस्तो मूल्यमा सेवा दिने छौ । एक साता सम्म उद्घाटन समारोह चल्ने अर्का संचालक धुव्र बेल्वासेले बताउनु भयो ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार