को बन्ला एमाले कपिलवस्तु जिल्ला अध्यक्ष ?

नेकपा एमाले कपिलवस्तुको १०औँ जिल्ला अधिवेशन नजिकिँदै गर्दा एमाले कार्यकर्तामा एउटै प्रश्न उब्जिएको छ । को बन्ला नेकपा एमाले कपिलवस्तु जिल्लाको नयाँ अध्यक्ष ? वैशाख २६ गते एमाले जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । जसका लागी ३ नेताको नाम चर्चामा रहेको छ ।
Advertisement

कपिलवस्तु वैशाख २३ गते ।
नेकपा एमाले कपिलवस्तुको १०औँ जिल्ला अधिवेशन नजिकिँदै गर्दा एमाले कार्यकर्तामा एउटै प्रश्न उब्जिएको छ । को बन्ला नेकपा एमाले कपिलवस्तु जिल्लाको नयाँ अध्यक्ष ? वैशाख २६ गते एमाले जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । जसका लागी ३ नेताको नाम चर्चामा रहेको छ ।
अध्यक्ष पदको आकाङ्क्षीमा हालका जिल्ला अध्यक्ष डम्मर शर्मा, जिल्ला उपाध्यक्ष विश्राम प्रसाद चौधरी र बाबुराम खनाल रहनु भएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने भनिए पनि त्यो हुने सम्भावना अत्यन्त न्यून रहेको छ ।
एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा दोहोरिने चाहनु भएको छ । अघिल्लो कार्यकाल सुखद रहेको र निर्वाचनमा जिल्लामा एमालेले उत्कृष्ट रिजल्ट ल्याउन सफल हुनु भएका शर्मा पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने बताउनु भएको छ ।
एमालेका पहिलो पुस्ताका नेता तथा अघिल्लो पटक अध्यक्षमा पराजित हुनु भएका बाबुराम खनाल यस पटक अध्यक्ष पदको लागि बलियो दावेदारी प्रस्तुत गर्नु भएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिनका लागि उहाँले माथिल्लो कमिटीमा जान अनिच्छुक रहनु भएको थियो । खनाल जिल्ला कमिटी सदस्य, सचिव, उपाध्यक्ष हुँदै पार्टीको प्रदेश कमिटी सदस्यको भूमिका निर्वाह गर्नु भएको थियो ।
अध्यक्षको दाबेदार प्रस्तुत गर्नेमा जिल्ला उपाध्यक्ष विश्राम चौधरी समेत हुनु हुन्छ । संविधान सभा सदस्य समेत रहनु भएका चौधरी कार्यकर्ता माझमा लोकप्रिय छाप रहेको छ । थारु आदिवासी जनजाति आन्दोलन देखी पार्टीको अभियानमा सक्रियता साथ लाग्दै अलग पहिचान बनाउन सफल हुनु हुन्छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार