तराईमा गर्मी सुरु भए संगै सर्पको विगविगी हुन् थालेको छ। सर्पको बिगबिगी बढ्न थालेपछि टेरा कन्जर्वेशन सोसाइटीले बुद्धभूमि नगरपालिका ३ दुवियामा सर्प दंश उपचार बारे जनचेतना कार्यक्रम गरेको छ। सर्पले टोकेका विरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा लैजानु पर्ने विषयमा सर्वसाधारणलाई जानकारी दिन टेरा कन्जर्वेशन सोसाइटीले जनचेतनामुलक कार्यक्रम गरेको हो।

सर्प उद्धारकर्ता चेतबहादुर मगर (सारु कान्छा ) सर्पले कसरी डस्छ ? कुन बेलामा सर्प बढी सक्रिय हुन्छ ? र सर्पले डसेपछि कसरी प्राथमिक उपचार गर्ने जस्ता विषयहरूमा जानकारी गराएका थिए । उनले सर्पले टोकिसकेपछि गर्नुपर्ने कार्य, कुन र कस्ता प्रकृतिका सर्पले डस्दा विष लाग्ने गर्छ कार्यक्रमा बताइएको थियो।

सर्पले टोकेका विरामीलाई घरेलु उपचार गराउने र झारफुक गराउने कार्यले पनि कतिपय विरामीको मृत्यु भएको पाइएकाले सर्पले डसेको आसंखा भए पनि सर्पदंश केन्द्रमै जानुपर्ने बुद्धभूमि नगरपालिकाका वडा नं ३ का वडा अध्यक्ष गोविन्द प्रसाद आचार्यले बताउनुभयो। समाईथान सामुदायिक वन उपभोक्ताको आयोजनामा भएको कार्यक्रममा टेरा कन्जर्वेशन सोसाइटीको प्राविधिक सहयोगमा ६० बढीलाई सर्प दंश उपचार बारे जानकारी गराइएको कार्यक्रम संयोजक अभिषेक शर्माले बताउनुभयो।



