कपिलवस्तु ।
नेपालमा प्रचलित भनाई छ ‘सियो नबन्ने देश’ । सियो नबन्ने देशको रूपमा परिचय पाएको नेपालमा उत्पादन भएको निटिङ निडल्स (स्वेटर बुन्ने कुरुस) अमेरिका तथा युरोप लगायतका हुँदै विश्वका कुना कुनामा उच्च माग छ । चर्चित अनलाइन मार्केट अमेजनमा मेड इन नेपाल उल्लेख गरैको ‘लाइकी निटिङ निडल्स’ का उत्पादन ५ स्टार रयांकिङमा छन् । ४ देखी १३५ डलर मूल्य राखिएका ति उत्पादन प्रयोगकर्ताले रुचाएको प्रतिक्रिया दिएका छन् ।

कपिलवस्तुका युवा मिर्जा रासिद बेगले ६ वर्ष देखी उत्पादन गरेको कुरुस विश्व बजारमा प्रवेश पाएको छ । कृष्णनगर नगरपालिका ३ मा २ करोडको लागतमा खोलोको इम्बार्क इन्टरनेसनल कम्पनीले अहिले वार्षिक २० करोडको कुरुस विदेश निर्यात हुँदै आएको छ । ‘लाइकी’ ब्रान्डको कुरुस ८३ भन्दा बढी देशमा निर्यात हुन्छ । अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापान, चाइना, कोरिया, रसियामा उच्च माग छ । अमेजन र विभिन्न देशका इकमर्स साइटबाट समेत विक्री गरिएको छ । जाडो हुने देशमा यसको प्रयोग हुन्छ । गल्फ र अफ्रिका तर यसको बिक्री हुँदैन ।
नेपाल लगायत दक्षिण एसियाली बजारमा स्टिलको बढी कुरुस प्रयोग हुन्छ । हाम्रो उत्पादनका मुख्यतः काठको प्रयोग गरेका छौ । मेटल, ब्रास, नाइलनको डोरी बटम प्रयोग गरी डिजाइनलाई पूर्णता दिइन्छ । काठ र अन्य कच्चा पदार्थ चिन तथा रसियाबाट आयात गरेका छौँ । इको फ्रेन्डेली र आकर्षक समेत छ । १२ अलग अलग प्रकारको जोडी र ८२ ओटा साइजका कुरुस उत्पादन गरिएको छ । कुरुसबाट स्वेटर, मोजा, टोपी, मफलर जस्ता न्यानो कपडा बनाउन गरिन्छ । माछा समाउने जाल समेत कुरुसको सहायताले बुन्न सकिन्छ । मिसिनबाट उत्पादन भएको भन्दा हातले बुनेका सामाग्री महँगोमा बिक्री हुने हुँदा विदेशमा यसको प्रयोग समेत बढ्दै गएको बेगले बताउनु हुन्छ ।
उहाँ एमबिएको पढाई सकाएर रोजगारीका लागि कतार, जर्मनी र चिन पुग्नु भएको थियो । चिन बस्दा कुरुस उद्योग खोल्ने सोच आएको थियो । चीनमा बसेर व्यवसाय गर्ने अवसर जुरे पनि त्यागेर देशमा व्यवसाय सुरु गर्न नेपाल फकिएका थिए । आठ जना कामदारबाट उत्पादन सुरु गरेको एक महिनामा विदेश निर्यात गर्न सफल भएको बताउनु हुन्छ । हाल उद्योगमा ४ सय जना कामदार रहेका छन् । जसमध्ये ३ सय स्थानीय महिलाले रोजगार पाएका छन् ।


