कपिलवस्तु
भोली शनिवार आगलागीको उच्च जोखिम रहेको मौसम पुर्वानुमान गरिएको छ । गुगलका अनुसार भोली ३९ किलो मिटर प्रति घण्टाको रफ्तारले तातो हावा चल्ने जनाएको छ । भोलीको अघिकतम तापक्रम ४२ डिग्री सेल्सीयस रहने अनुमान गरिएको छ । विहान १० बजे २९ कि.मी प्रति घण्टाको दरले चल्ने हावा दिउसो १ देखी ५ बजे सम्म उच्च बेगमा चल्ने उल्लेख गरिएको छ । शक्रवार औषत २३ किलो मिटर प्रतिघण्टा हावाको बेग मापन गरिएको छ ।


