जिप दुर्घटनामा चार जनाको मृत्यु पाँच घाइते

जन्ती बोकेको बस दुर्घटना तीनको मृत्यु, ३५ घाइते

Advertisement

काठमाडौँ, वैशाख ७ गते । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ मा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । वडाध्यक्ष यादव श्रेष्ठका अनुसार बा४ख ५६१६ नम्बरको बस बिहान ६ः१५ बजे दुर्घटना भएको जानकारी दिनुभयो । 

दोलखाको सुस्तबाट सिन्धुपाल्चोकको मुलावारीमा जन्ती लिएर जाँदै गरेको बस सडकबाट चिप्लिएर दुई सय मिटर तल खस्दा तीन जना सिकिस्त घाइते छन् भने बाँकी ३५ जना घाइते रहेको अध्यक्ष अध्यक्षले जानकारी दिनुभयो । 

कच्ची हिलो बाटोका कारण सडकमा गाडी भासिएर सडकबाट दुई सय मिटर तल भिरमा गाडी अड्किएको छ । घाइतेको खाँडी चौरमा उपचार भई रहेको छ भने बाँकी स्थानीय स्वास्थ्य संस्थामा उपचार भई रहेको जनाएको छ । बसमा करिब ५५ जना जन्ती सवार थिए ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार