death

कपिलवस्तुमा अपहरण गरी एक युवाको हत्या

Advertisement

कपिलवस्तु वैशाख ७ गते । कपिलवस्तुमा एक भारतीय युवाको अपहरण गरी हत्या गरिएको छ । भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ वर्षीय जमाल अहमदको बिहीबार राती हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि बहादुर वलीले बताउनु भयो ।
अहमदको शव मायादेवी गाउँपालिका २ अभिराव स्थित मदरसामा फेला परेको थियो । मदरसाको कक्षा कोठा भित्र हत्या गरी बाँधेर राखिएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । अहमदको बिहीबार दिउसो अन्दाजी ३तः३० मा चाकरचौडा पकडी सडकबाट अटो रिक्सा प्रयोग गरी अपहरण गरिएको थियो । अपहरण भएको १ घण्टा पछि सूचना पाएको प्रहरीले रात भरी खोजतलास गरेको थियो । घटनामा संलग्न मुख्य योजनाकार सहित ३ जनालाई प्रहरी नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको वलीले बताउनु भयो ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार