कपिलवस्तुका एक सहित ३ जनाको डुबेर मृत्यु

Advertisement

काठमाडौं, ३० चैत

जुम्ला, पातारासी गाउँपालिका-४ लुम बस्ने बिर्खे रेउलेको छोरा ५ वर्षीय डिकेन्द्र रेउलेको घर नजिकै रहको नहरमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

बर्दिया, बारबर्दिया नगरपालिका-३ ढुङग्राही बस्ने कृष्ण पुरीको छोरा १२ वर्षीय मुस्कान पुरीको सोही ठाउँस्थित बबई नदीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

कपिलवस्तु, महाराजगंज नगरपालिका-७ गंगौरी बस्ने गरिब मुराउको छोरा १५ वर्षीय रामफेर मुराउको सोही ठाउँस्थित कन्चनिया खोलामा पौडी खेल्ने क्रममा डुबेर बिहीबार साँझ मृत्यु भएको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार