तिलौराकोट गोल्डकप सुदूर पश्चिमलाई हराउँदै विएफसी चितवन फाइनलमा

हनामी विएफसी चितवन तिलौराकोट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम– ११ लाई ३–० गोल अन्तरले पराजित गर्दै विएफसीले फाइनलको यात्रा तय गरेको छ । फाइनलमा विएफसीले नेपाल पुलिस क्लबको सामना गर्ने छ ।
Advertisement

कपिलवस्तु चैत्र २२ गते ।
हनामी विएफसी चितवन तिलौराकोट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम– ११ लाई ३–० गोल अन्तरले पराजित गर्दै विएफसीले फाइनलको यात्रा तय गरेको छ । फाइनलमा विएफसीले नेपाल पुलिस क्लबको सामना गर्ने छ ।
विएफसीको लागि खेलको १३ औँ मिनेटमा विवेक गुरुङले पहिलो गोल गर्नु भयो । ३६ औँ मिनेटमा विकास थापाले गोल गर्दै अग्रतालाई दोब्बर बनाउनु भयो । थापाले ६२ औँ मिनेटमा गोल गर्दै सुदूर प्रतियोगिताबाट बाहिरिएको छ । दुई गोल गर्नु भएको थापा ‘म्यान अफ द म्याच’ हुनु भयो । सुदूरका कप्तान फागु राम थारु र धिरेन्द्र शाहले पहेँलो कार्ड पाउनु भयो । यसै गरी विएफसीका राम शाही र अनिल खड्काले पहेँलो कार्ड पाउनु भएको थियो ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार