कपिलवस्तु चैत्र २४ गते । तिलौराकोट गोल्डकपको उपाधि हनामी विएफसी चितवनले जितेको छ । शनिवार बुद्ध रङ्गशाला सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाई ब्रेकरमा हराउँदै विएफसी विजयी भएको छ ।
फाइनल खेल सुरु भएको ४ मिनेटमा विएफसीका सुजित बुढाथोकीले पेनाल्टी मार्फत गोल गर्दै हनामीलाई अग्रता दिलाउनु भएको थियो । दोस्रो हाफको सुरु भएको पहिलो मिनेट भित्र पुलिसका अनुप लिम्बुले बराबरी गोल फर्काउनु भयो । निर्धारित समयमा थप गोल हुन नसके पछि खेल टाई ब्रेकर पुगेको थियो । टाई ब्रेकरमा पुलिस ४–३ गोल अन्तरले पराजित हुन पुग्यो ।
विएफसीका राम शाही, सुजित बुढाथोकी, आशिस सुनाम र सागर लामाले गोल गर्नु भयो । मनिस तामाङको प्रहार पोस्ट बाहिर गएको थियो । पुलिसका अनुप लिम्बु, विवेक पाण्डे र शिशिर चौधरीले गोल गर्नु भयो भने पृथ्वी चौधरी र हेम तामाङ गोल गर्नबाट चुक्नु भयो । विजेता विएफसीलाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपाधि ट्रफी प्रदान गरियो । उपविजेता पुलिसले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी विएफसीका सुजित बुढाथोकी हुनु भयो । उहाँले १ लाख रुपैयाँले पुरस्कृत हुनु भयो । यसै गरी पुलिसका विवेक पाण्डे उत्कृष्ट फरवार्ड र पृथ्वी चौधरीले उत्कृष्ट मिडफिल्डको उपाधि हासिल गर्नु भयो । विएफसीका भविन्द्र मल्ल उत्कृष्ट गोल किपर, अमृत श्रेष्ठ उत्कृष्ट रक्षक र धुव्र भुसाल उत्कृष्ट प्रशिक्षकको उपाधि हासिल गर्नु भयो । सबै जनालाई जनही २५ हजार र उपाधिको ट्रफीले सम्मान गरिएको थियो ।
विएफसी चितवन प्रथम तिलौराकोट गोल्डकपको विजेता