झबिन भण्डारी चैत्र १८,
कपिलवस्तु निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड का दुइओटा क्षेत्रीय कार्यालयहरुले पोखरा र कोहलपुर मा बनभोज कार्यक्रम सम्पन्न गरेका छ्न।कोहलपुर क्षेत्रीय कार्यालयको ढकेरी स्पोर्ट र पोखरा क्षेत्रीय कार्यालय को पोखरा मा कार्यक्रम सम्पन्न भएको हो। कोहलपुर क्षेत्रीय कार्यालय अन्तरगत बाके, बर्दिया, दाङ्ग, पुर्बी रुकुम, रोल्पा अन्तरगत का शाखा तथा छिमेकी क्षेत्रीय कार्याल सुर्खेत , अन्य जिल्लाहरु का शाखा कार्यालयका कर्मचारी , केन्द्रियकर्मचारी युनियन का पदाधिकारी , क्षेत्रीय कर्मचारी युनियनका साथिहरु सगै कार्यक्रममा प्रमुख अतिथी निर्धन उत्थान लघुबित्त बित्तिय सस्थाका सहायक महाप्रबन्धक नारायण बहादुर कार्की र बिशिस्ट अतिथि मुख्य ब्यबस्थापक गोकर्ण उपाध्याय रहनुभएको कार्यक्रममा करिब ८० जनाको सहभागिता रहेको थियो।

त्यस्तै क्षेत्रीय कार्यालय पोखरामा समेत बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ केन्द्रिय कार्यालय मानव ससाधन बिभागका प्रमुख नारायण प्रसाद न्यौपाने तथा तालिम बिभागका प्रमुख जग्य प्रसाद पन्तको प्रमुख आथित्यतामा गण्डकी प्रदेश अन्तर्गका सम्पुर्ण जिल्लाका शाखा कर्मचारी, युनियनका प्रतिनिधि तथा अन्य शाखा बाट पाहुनाको रुपमा उपस्तिथि गरि करिब ४० जनाको सहभागितामा बनभोज कार्यक्रम सम्पन्न भएको थियो। कोहलपुरमा उपस्थिति जनाउदै सहायक महाप्रबन्धक नारायण बहादुर कार्किले यस्ता कार्यक्रमले कर्मचारी – कर्मचारी बिच आत्मियता बढ्ने र एक शाखामा भएका प्रगती र कार्य कौशल अर्को शाखा कर्मचारी बिच आदानप्रदान हुने हुदा सस्थालाइ समेत सकारात्मक प्रभाब पर्ने बताउनु भयो।
त्यस्तै मुख्य ब्यबस्थापक गोकर्ण उपाध्यायले समेत कर्मचारीहरुले आफ्नो कार्य कौशल राम्रो सग देखाउन सके निर्धन उत्थान लघुबित्तले आफ्नो इतिहासिक बिरासत कहिले गुमाउनु नपर्ने बताउनुभयो। पोखरा उपस्थिती जनाउदै मानव ससाधन बिभागका प्रमुख नारायण न्यौपानेले सस्थाका सबै कर्मचारीलाई समान व्यवहार गर्ने र कर्मचारीहरुले समेत अहिलेको चुनौती कर्जा जोखिम ब्यबस्थापनमा अझ बढी दिल लगाएर काम गर्दै कर्जा जोखिमलाइ जति सक्यो न्यून बनाउनु पर्ने बताउनुभयो, तालिम बिभागका बिभागिय प्रमुखले सस्थाका कर्मचारीलाई समय सापेक्षित तालिम, राष्ट्रिय तथा अन्तरास्ट्रिय तालिम हरुमा समेत कर्मचारी लाई पठाएर अझ बढी परिस्कृत गराएर सस्थालाइ मजबुत गराउने बताउनुभयो। कोहलपुर क्षेत्रीय कार्यालय प्रमुख मीन बहादुर हमाल तथा पोखरा क्षेत्रीय प्रमुख शम्भु प्रसाद न्यौपानेको सयोजकत्वमा कार्यक्रम आयोजना भएको थियो

