death

बडिगाड खोलामा डुवेर २ युवाको मृत्यु

Advertisement

गुल्मी । दुई दिनको अन्तरालमा बडिगाड खोलमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ । शनिबार अपरान्ह अन्दाजी ५ बजेको समयमा मुसिकोट नगरपालिका ४ आरुपाटाका २१ वर्षिय सन्दिप कुमाल र आईतबार दिउँसो ११ बजेको समयमा गुल्मीदरबार गाउँपालिका २ घोरा उपल्लाखर्कका १२ वर्षिया छोरा प्रिन्स सारुको शव बडिगाड खोलामा फेला परेको हो ।

शनिवार पौडी खेल्ने क्रममा साँझ ५ बजेतिर बेपत्ता भएका बालक प्रिन्सको शव बडिगाडखोलाको सोता भन्ने स्थानमा फेला परेको हो ।

त्यस्तै आरुपाटाका सन्दिपको शव ग्वादीकााचौर नजिकै बडिगाड खोलामा फेला परेको हो । उनी माछा मार्नका लागि जाल खेल्ने क्रमा डुबेर बेपत्ता भएका थिए । उनलाई खोजी गर्ने क्रममा जालको डोरी खुट्टामा बेरिएको अबस्थामा मृत फेला पारिएको थियो ।  उनी संगै माछा मार्न पुगेका छिमेकी १५  वर्षीय पवन कुमालले हारगुहार गरे पछि वडा सदस्य लोकबहादुर कार्कीले वामीटक्सार प्रहरी चौकीलाई सुचित गरेका थिए । सुचना लगत्तै  प्रहरी बरिष्ठ नायव निरीक्षक लक्ष्मण बिश्वकर्माको नेतृत्वमा  पुगेको प्रहरी टोली र स्थानीयले  चिन्ताजनक अबस्थामा फेला पारेका थिए । 

By एन टी एन ब्युरो

उस्तै खालका समाचार