यी हुन शिक्षक सुवेदी, जसले स्व.सासु आमाको स्मरणमा विद्यालयमा अक्षयकोष स्थापना गरिन्

यी हुन शिक्षक सुवेदी, जसले स्व.सासु आमाको स्मरणमा विद्यालयमा अक्षयकोष स्थापना गरिन्


कपिलवस्तु चैत्र १८ गते
कपिलवस्तुका एक महिला शिक्षकले सासु आमाको स्मृतीमा अक्षयकोष स्थापना गर्नु भएको छ । श्री मा.वी इमिलियाका शिक्षक लिला सुवेदीले आफ्नो सासु आमा धन कुमारी भुसालको स्मृतीमा १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गर्दै अक्षयकोष स्थापना गर्नु भएको थियो ।


विद्यालयमा विपन्न परिवारका वालबालिकाको अध्ययनमा सहयोग होस भन्ने विचारले सहयोग गरेको सुवेदीले बताउनु भयो । सासु आमाको स्मरण गर्दै ४५ दिनको पुञ्य तिथीमा उहाँको आत्माको शान्तीको कामना सहित सहयोग गरेको बताउनु भयो । विद्यालयका प्र.अ खगेश्वर खनालले विद्यालयमा स्थापना भएको अक्षयकोषले गरिब परिवारका बालबालिका लाभान्वित हुने बताउनु भयो ।

प्रथम बृजा खाना महोत्सव चैत्र ३० देखी बैशाख २ गते सम्म

By एन टी एन ब्युरो

उस्तै खालका समाचार

//omg10.com/4/6824010