विदेशी खेलाडीले चमत्कार देखाउन नसक्दा कपिलवस्तु थ्रीस्टार सँग ३–० ले पराजित

तिलौराकोट गोल्ड कप कपिलवस्तुलाई हराउँदै थ्रिस्टार सेमिफाइनल प्रवेश
Advertisement

कपिलवस्तु चैत्र १७ गते ।
कपिलवस्तुमा जारी प्रथम तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगितामा थ्रिस्टार क्लब सेमिफाइनल प्रवेश गरेको छ । शनिवार आयोजक कपिलवस्तु लाई ३–० गोल अन्तरले पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित बनाएको छ ।
बुद्ध रङ्गशाला जितपुरमा भएको खेलमा थ्रिस्टारका नीरज चौधरीले २ गोल गरेका थिए । जर्सी नम्बर ९का चौधरीले ३२ औँ र ६३ औँ मिनेटमा गोल गर्नु भएको थियो । खेलको ३५ औँ मिनेटमा थ्रिस्टारका लागि गोल जर्सी नम्बर ७ का दीपेश घलेले गर्नु भएको थियो ।
राष्ट्रिय टिममा पूर्व कप्तान बिराज महर्जनको कप्तानीमा खेलेको थ्रिस्टारले कपिलवस्तुलाई सुरुबाट दबाबमा राखेको थियो । कपिलवस्तुले विदेशी खेलाडी ओस्कार र मुसालाई सुरुवाती ११ मा राखे पनि दुवै खेलाडीले फितलो प्रदर्शन गरेको थिए ।
दुई गोल गरेका चौधरी म्यान अफ द म्याच घोषणा हुनु भएको थियो । उहाँले १० हजार रुपैयाँ प्राप्त गर्नु भएको थियो । फाइनल प्रवेशका लागि थ्रिस्टारले साहारा क्लब र नेपाल पुलिस क्लबको खेलको विजेता टोलीको सामना गर्नु पर्ने छ । प्रतियोगिता अन्तर्गत आइतबार मच्छिन्द्र फुटबल क्लब र हनामी वि एफ सी चितवन बिच प्रतिस्पर्धा हुने आयोजक कपिलवस्तु जिल्ला फुटबल सङ्घका अध्यक्ष तिलक थापाले बताउनु भयो ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार