त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

Advertisement

त्रिशुली नदीमा ट्याक्सी खस्दा ५ जनाले ज्यान गुमाएका छन् । ईच्छाकामना गाउँपालिका ५ पृथ्वी राजमार्गको सिमलधारा नजिक काठमाडौँबाट गोरखा तर्फ गई रहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट करिब सय मिटर खसेको थियो । ट्याक्सीमा सवार ५ जनाको मृत्यु भएको मुग्लिङ प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा एक बालिका, २ जना महिला र दुई पुरुष रहेका छन् । मृत्यु हुनेमा ट्याक्सी चालक गोर्खा नगरपालिका ७ बस्ने ३५ वर्षीय अर्जुन श्रीमाल , गोर्खा नगरपालिका ७ की ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय, ९ वर्षीय आगमन नगरकोटी रहेका छन् । १८ वर्षीय दिवस रोकाय बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार