कपिलवस्तु , १६ चैत्र ।
नेकपा (एमाले) कपिलवस्तु जिल्ला अधिवेशन बैशाख २९ गते हुने भएको छ । सचिवालय बैठकले अधिवेशनको मिति तय गरेको छ । बैठकले २९ खुला सत्र र ३० गते अधिवेशन सम्पन गर्ने योजना गरेको छ । बैठकमा बोल्दै एमाले पोलिटब्यूरो सदस्य तथा कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले युवालाई प्राथमिकता सहित सर्वसम्मत जिल्ला कमिटि चयन गर्ने बताउनु भयो । उहाँले पार्टी नेता, कार्यकर्ताको भावना लाई समेटदै अगाडी बढ्ने र युवाहरुलाई प्रोत्साहन गर्ने बताउनु भयो ।
अधिवेशनबाट महिलाको संख्या ३३ प्रतिशत, युवाको १५ प्रतिशत अनिवार्य गरेको छ । नया बन्ने कमिटि समावेशी हुने बताइएको छ । अधिवेशनमा करिव ६ सय प्रतिनिधीहरु सहभागि रहने नेकपा एमाले कपिलवस्तु जिल्ला अध्यक्ष डम्मर शर्माले बताउनु भयो ।
सचिवालय वैठकमा एमाले केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने,एमाले केन्द्रिय सल्लाहकार विष्णुराज आचार्य, काशिराम बेल्बासे, मुना ज्ञवाली, एमाले नेता झविलाल पोख्रेल, बाबुराम खनाल, द्रोणराज सुवेदीको आतिथ्यता रहेको एमाले जिल्ला उपसचिव शुसिला दरलामीले बताउनु भयो । वैठक जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, उपाध्यक्ष विश्राम प्रसाद चौधरीको स्वागत मन्तब्य जिल्ला सचिव सिवि गहतराजले संचालनमा सम्पन्न भएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

