निर्धन उत्थान इमिलिया शाखाद्वारा डा.हरिहरदेव पन्त स्मृती छात्रवृत्ति बडहराका शिव बहादुर बिकलाइ प्रदान

Advertisement

झबिन भण्डारी २०८० चैत्र १५,

कपिलवस्तु निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय इमिलिया कपिलवस्तुले आज एक कार्यक्रमका बिच बुद्धभुमी-२ बडहराका शिव बहादुर बिक लाइ स्व.डा.हरिहरदेव पन्त स्मृति छात्रवृत्ति बितरण गरिएको छ। बुद्धभुमी नगरपालिका वडा नम्बर २ का वडा सदस्य जिबलाल घिमिरे को प्रमुख अतिथयता , नि.शाखा प्रबन्धक झबिन भण्डारीको विशिष्ट आतिथ्यता र समुहकी प्रमुख मालिका बिश्वकर्माको अध्यक्षयतामा कार्यक्रम सन्चालन भएको थियो।

कार्यक्रम मा बोल्दै प्रमुख अतिथी घिमिरेले सस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको कामको सर्हाना गर्दै बित्तिय सस्थामा आवद्ध रहेर ग्राहकले बित्तिय कारोबार अनुसासितरुपमा गर्नुपर्ने बताए, आर्थिक स्थिती सगै सामाजिक , शैक्षिक तथा स्वास्थय स्थितीमा समेत निर्धन उत्थान लघुबित्तले सकारात्मक कार्य गरेको भन्दै आगामी दिनमा समेत ग्रामीण ठाउमा सस्थाले यसैगरी कार्यक्रम गरोस भन्दै शुभकामना ब्यत्त गरेका थिए।

विशिष्ट अतिथी झबिन भण्डारीले सस्थाको बारे बोल्दै सस्थाले समाजमा खेलेको भुमिका माथी प्रकाश पारेका थिए, छात्रवृत्ति प्राप्तगर्ने बिधार्थिको आमा बसन्ती बिश्वकर्माले सस्थाले आफ्नो सन्तानको पढाइमा जुन हौसाला प्रदान गर्यो यो अमुल्य रहेको बताइन। कार्यक्रममा करिब ३० जनाको सहभागीता रहेको थियो भने कार्यक्रमको सन्चालन केन्द्र परिचालक सरिता कुमारी चौधरीले गरेको थिइन।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार