नयाँ समीकरण मुलुकलाई सही दिशा दिने कुरामा लक्षित छ : ईश्वर पोखरेल

Advertisement


काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ  सत्ता समीकरणले सामाजिक सद्भाव कायम गर्ने तथा आर्थिक विकास तथा राष्ट्रिय स्वाभिमान जोगाउने बताउनुभएकाे छ ।
नेकपा एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई मंगलबार गाईघाटमा सम्बोधन गर्दै  पाेखरेलले नयाँ सत्ता समीकरण देशलाई नयाँ गति दिने दिशामा केन्द्रित भएकाे बताउनुभयाे ।  ‘नयाँ समीकरण मुलुकलाई सही दिशा दिने कुरामा लक्षित छ, हाम्रो योजनामा यो समीकरण बनेको हो, हामी यसलाई टिकाउन चाहन्छौँ, हामी यसलाई बचाउन चाहन्छौँ’, पोखरेलले भन्नुभयो । 
हिजोको गठबन्धन अस्वाभाविक गठबन्धन भएकोले भत्काउनु परेको पोखरेलले बताउनुभयो । सो गठबन्धन संविधानको मर्म र लोकतान्त्रिक मूल्य मान्यता विपरीत नीति र सिद्धान्त विहीन भएको उहाँले दाबी गर्नुभयो । 
सो गठबन्धन एमालेलाई सिद्ध्याउने नियतले बनेको उहाँले बताउनुभयो । ‘एमालेलाई सिद्ध्याउने आपराधिक योजना अनुसार त्यो बनेको थियो, हिजोको गठबन्धन एमालेलाई सिद्ध्याउने र एमालेलाई समाप्त पार्ने योजना अन्तर्गत बनेको थियो’, पोखरेलले भन्नुभयो । 
एमालेलाई सिद्ध्याउने योजना एमालेले असफल बनाइदिएको उहाँले बताउनुभयो । सबै दल मिल्दा पनि एमाले एक्लैले सर्वाधिक बहुमत ल्याउन सफल भएको पोखरेलले सुनाउनुभयो । 
पुरानो गठबन्धनको कारण राजनीतिक र सामाजिक सद्भाव बिग्रिएको, देशको स्वाभिमान गिरेको उहाँले बताउनुभयो । त्यसलाई सच्याउनको लागि पुरानो समीकरण भत्काउनु परेको उहाँले स्पष्ट पार्नुभयो । अहिले बाम गठबन्धन वा समाजवादी मोर्चा केही नबन्ने उहाँले स्पष्ट पार्नुभयो । अहिले जम्मा नयाँ समीकरणलाई अगाडि बढाउने कुरामा मात्र एमालेको ध्यान केन्द्रित रहेको पोखरेलले बताउनुभयो । 
पोखरेलले एमालेबाट निर्वाचित जनप्रतिनिधिले विकास निर्माण, उत्पादन बढाउने, रोजगारी बढाउने, स्वरोजगारी, सीप विकास लगायतको कुरा गर्दैनन् भने एमालेको पछाडि मानिसहरू नलाग्ने बताउनुभयो । ‘अब हाम्रो पार्टीको एजेण्डा भनेको विकास निर्माणको एजेण्डा हो’, उहाँले भन्नुभयो । नेकपा एमालेलाई जनताको बिचमा लोकप्रिय बनाउने हो भने विकास,  निर्माण, सिप, रोजगारी र स्वरोजगारी दिलाउने कुरामा ध्यान दिन जरुरी रहेको पोखरेलले बताउनुभयो । यसको लागि योजना बनाएर अघि बढ्नु पर्नेमा पोखरेलले जोड दिनुभयो । ‘यी मुद्दा उठाउन सकेन भने एमाले जनताको बिचमा स्थापित हुन सक्दैन’, पोखरेलले भन्नुभयो । 
भ्रष्टाचार र अनियमितताको

By एन टी एन ब्युरो

उस्तै खालका समाचार