काठमाडौँ, चैत १३ गते । आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० सिरिज नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार भएको दोस्रो खेलमा आयरल्यान्डलाई ७१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।
दुई खेलको सिरिज नेपालले २–० ले ‘क्लिन स्वीप’ गरेको छ । सिरिजको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई सोमबार ६ विकेटले हराएको थियो । जितका लागि एक सय ९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रनमा समेटिएको थियो ।

