शोक सभा सम्पन्न

शोक सभा सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटी सदस्य कमरेड बिष्णु हमाल , पार्टी सदस्यहरु क्रमशः कमरेड जनक हमाल , कमरेड बाबुराम हमालकी ममतामयी माता स्वर्गीय खिमकुमारी हमालकाे निधनमा आज सातौं दिनकाे अवसरमा पार्टीको तर्फबाट शाेक सभा सम्पन्न भएको छ । नेकपा एमाले शिवराज नगरपालिका वडा नम्बर ५ वडा कमिटीकाे आयाेजनामा लुम्बिनी प्रदेश कमिटी सदस्य शिवराज नगरपालिका संस्थापक नगर प्रमुख कमरेड नेत्रराज अधिकारीकाे प्रमुख आथित्यता, प्रदेश कमिटी सदस्य कमरेड अर्जुनकुमार केसी ,पुर्व जिल्ला कमिटी उपाध्यक्ष कमरेड बाबुराम खनाल ,जिल्ला कमिटी सचिव कमरेड सिबि गहतराजकाे विशिष्ट आथित्यता , कपिलवस्तु जिल्ला कमिटी सदस्यहरु , नगर कमिटी पदाधिकारी तथा सदस्यहरु , वडा कमिटी पदाधिकारी…
सर्प दंश उपचार बारे जनचेतना फैलाउदै टेरा कन्जर्वेशन सोसाइटी

सर्प दंश उपचार बारे जनचेतना फैलाउदै टेरा कन्जर्वेशन सोसाइटी

तराईमा गर्मी सुरु भए संगै सर्पको विगविगी हुन् थालेको छ। सर्पको बिगबिगी बढ्न थालेपछि टेरा कन्जर्वेशन सोसाइटीले बुद्धभूमि नगरपालिका ३ दुवियामा सर्प दंश उपचार बारे जनचेतना कार्यक्रम गरेको छ। सर्पले टोकेका विरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा लैजानु पर्ने विषयमा सर्वसाधारणलाई जानकारी दिन टेरा कन्जर्वेशन सोसाइटीले जनचेतनामुलक कार्यक्रम गरेको हो। सर्प उद्धारकर्ता चेतबहादुर मगर (सारु कान्छा ) सर्पले कसरी डस्छ ? कुन बेलामा सर्प बढी सक्रिय हुन्छ ? र सर्पले डसेपछि कसरी प्राथमिक उपचार गर्ने जस्ता विषयहरूमा जानकारी गराएका थिए । उनले सर्पले टोकिसकेपछि गर्नुपर्ने कार्य, कुन र कस्ता प्रकृतिका सर्पले डस्दा विष लाग्ने गर्छ कार्यक्रमा बताइएको थियो। सर्पले टोकेका विरामीलाई…
सरकारको नेतृत्व छाडे सँगै अर्थतन्त्र ध्वस्त ः केपी ओली

सरकारको नेतृत्व छाडे सँगै अर्थतन्त्र ध्वस्त ः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व छाडेपछि देशको अर्थतन्त्र ध्वस्त भएको बताउनुभएको छ ।नेकपा एमाले रसुवाको नवौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै ओलीले एमालेले सरकार छाडेपछि दुई वर्षका बिचमा देशको अवस्था लथालिङ्ग भएको बताउनुभयो । गठबन्धनले चलाई रहेको छ हेरौँ न त भन्दा भन्दै देश ध्वस्त बनाएको ओलीले टिप्पणी गर्नुभयो । ‘हामीले हेरिरहेका थियौँ गठबन्धनले चलाइराखेको छ चलाओस् भनेर तर, गठबन्धन कोही यता तान्या छ, कोही उता तान्या छ, मन्त्री हुने बाहेक कुनै कुरै छैन, मन्त्रीको बार्गेनिङ छ’, उहाँले भन्नुभयो ।अहिले पनि एक जना मानिस कराउँदै हिँडेका ओलीले बताउनुभयो । ‘अहिले पनि तपाईँहरूले…
केपी ओली कपिलवस्तु आउदै, विजयनगर अस्पताल र एमाले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम

केपी ओली कपिलवस्तु आउदै, विजयनगर अस्पताल र एमाले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम

कपिलवस्तु वैशाख २२ गते । वैशाख २६ गते एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तु आउनु हुने भएको छ । ओलीले उक्त दिन २ कार्यक्रममा सहभागी हुने जनाइएको छ ।अध्यक्ष ओली बिहान ८ बजे विजयनगर गाउँपालिका वडा नम्बर ६बद्धौरमा निमार्ण सम्पन्न भएको १५ शय्याको आधारभूत अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रम रहेको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।अस्पतालको भवन उद्घाटनको लागि तयारी भई सकेको बताउँदै २६ गते बुधवार बिहान ८ बजे ओलीद्वारा उद्घाटन गरिने कार्यक्रम तय भएको अध्यक्ष थापाले बताए । अस्पतालको भवन उद्घाटन पश्चात् बिस्तारै आवश्यक व्यवस्थापन गरी सेवा सुचारु गरिने उनले बताए ।विजयनगर अस्पताल…
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, २ वैशाख  उदयपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-९ बस्ने ३८ वर्षीय सन्तोष कुमार माझीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । माझीले ती किशोरीलाई गत बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कञ्चनपुर, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-८ कलकत्ता बस्ने ४८ वर्षीय भजन रानालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । रानाले ती महिलालाई बुधबार दिउँसो आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान…
अवैध लागूऔषधसहित पक्राउ

अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं, २ वैशाख  बर्दिया, गुलरीया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ करिब ३ ग्राम ३ सय  मिलिग्रामसहित मधुबन नगरपालिका-९ गाँउ नम्बर १२ बस्ने २१ वर्षीय अर्जुन बिकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको  छ । प्रहरी चौकी महमदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६  शंकरअचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ८ सय २० मिलिग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१० बस्ने २७ वर्षीय सुजन गोलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनरूवाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंज बजारतर्फ पैदल आउदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको  हो…
नयाँ वर्षसँगै नेपालीहरूमा थप उत्साह थपिनेछ : उपाध्यक्ष घिमिरे

नयाँ वर्षसँगै नेपालीहरूमा थप उत्साह थपिनेछ : उपाध्यक्ष घिमिरे

काठमाडौं, वैशाख १ गते । जनताले नयाँ संविधान पाए पनि सोही अनुरूप मुलुक अगाडी बढ्न नसक्दा  जनतामा अहिले चरम निराशा देखिन थालेको छ । यो निराशालाई चिर्दै नयाँ वर्षसँगै जनतामा थप उत्साह थपिने बताउनुभएको छ ।  विधायीकाले कानुनहरू निर्माण गरी जनताको आशा पुरा गर्ने पक्षमा रहेको बताउनुहुँदै राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे यस्तो बताउनुभएको हो । सरकार र व्यवस्थापिका सांसदले संविधान अनुरूप बन्न बाँकी रहेका कानुनहरू बनाउने र सङ्घीयताको अभ्यासलाई थप सुदृढ र परिष्कृत गर्दै लैजान थप सक्रियता देखाउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले नयाँ वर्ष २०८१ को अवसरमा सबैमा शुभकामना दिनुभएको छ । 
मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, ३० चैत             ताप्लेजुङ, फुङलिङ नगरपालिका-११ फावाखोला बस्ने ३६ वर्षीय भक्ते लिम्बु सोही नगरपालिका-११ हात्तेलुङस्थित भिर तल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।             नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-१ छिवानीस्थित जनकल्याण सामुदायिक बनको रायपुरवा खोलाको किनारमा प्रकातपुर गाउँपालिका-३ बस्ने ७३ वर्षीय गोपाल थारू बिहीबार मृत अवस्थामा फेला परेका छन् ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चट्याङ लागेर मृत्यु

चट्याङ लागेर मृत्यु

ओखलढुंगा, ३० चैत खिजिदेम्बा गाउँपालिका-४ लोसा बस्ने ३८ वर्षीय बोमन बहादुर तामाङको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको छ । घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनको सोही ठाउँस्थित स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रेस युनियन कपिलवस्तुद्धारा क्यालेन्डर विमोचन

प्रेस युनियन कपिलवस्तुद्धारा क्यालेन्डर विमोचन

कपिलवस्तु चैत्र ३० गतेप्रेस युनियन कपिलवस्तुले क्यालेन्डर विमोचन गरेको छ । बिहीबार कपिलवस्तु नगरपालिकाको सभा हलमा एक कार्यक्रमको आयोजना गरेर क्यालेन्डर विमोचन गरिएको हो । विमोचनका क्रममा बोल्दै प्रमुख अतिथि तथा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले सरकारले मिडियालाई बलियो बनाउने गरी काम गर्नु पर्ने बताउनु भयो ।कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका लुम्बिनी प्रदेश महामन्त्री तथा पूर्व मन्त्री सुरेन्द्रराज आचार्यले प्रेस युनियनले जनताका समस्यालाई उजागर गर्ने गरी पत्रकारिता गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेसका नेता दीप कुमार उपाध्याय, अतहर कमाल, अभिशेख प्रताप शाह, विक्रम सिंह थापा, राजेश आचार्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।