देउराली सामुदायिक वनको साधारण सभा सम्पन्न

Advertisement


कपिलवस्तु कार्तिक ४ गते
कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ देउराली सामुदायिक बनको १५ औँ साधारण सभा सम्पन्न भएको छ । बुद्धभूमि उद्योग बाणिज्य संघको सभा हलमा सम्पन्न साधारण सभामा बोल्दै प्रमुख अतिथी तथा बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले पालिकाले सामुदायिक वन सँग साझेदारीमा विकास निर्माणको काममा सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
पहिला लाखमा सिमित रहेका वनको आम्दानी अहिले करोड पुगेको छ । वडाले खर्च गर्ने भन्दा सामुदायिक वनको बजेट धेरै रहेको समेत उहाँले बताउनु भयो । पारर्दिता र गुणस्तरियकाम र प्राविधिक सहयोग समेत हुने हुँदा वन र पालिकाको साझेदारको योजना बढाउन जोड दिनु भयो ।
सभामा बोल्दै सव डिभिजन वन कार्यालय बडहराका प्रमुख कल्याण सापकोटाले सामुदायिक वनले साधारणसभाबाट पारित भएको बजेट तथा कार्यक्रममा रहेर काम गर्ने बताउनु भयो । सुसासन र पारदर्शिताको लागी सामुदायिक वनले नीति नियममा रहेर खर्च गर्दै आएका उहाँको भनाई रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले नेता पिताम्वर खनाल, फेकोफनका केन्द्रिय सदस्य बालिका बुढाथोकी, बुद्धभूमि उद्योग बाणिज्य संघका अध्यक्ष शुभलाल भुसाल, बैज्ञानिक वन महासंघ कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष निल कुमार श्रेष्ठ, समाजसेवी धुव्र न्यौपाने, शमिर्ला खड्का लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
सभामा ४८ लाख रुपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको वनका अध्यक्ष बालकृष्ण बेल्बासेले बताउनु भयो । सभाले कोषाध्यक्ष कमला पोख्रेलले १२ लाख २२ हजार बढीको आय व्यय विवरण प्रस्तुत गर्नु भएको थियो । सभामा स्वागत मन्तव्य कमला बेल्वासे र तिलक राम पौडेलको संचालन गर्नु भएको थियो ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार