बुद्धभूमि मनाइयो साख्वाको जयन्ती र नेपाल सम्वत् ११४५

Advertisement


कपिलवस्तु कार्तिक १८ गते ।
बुद्धभूमि का नेवार समुदायले राष्ट्रिय विभूति शंखधर साख्वाको जयन्ती मनाएका छन् । नेवा ः देय् दवु बुद्धभूमिको आयोजनामा साख्वा जयन्ती सँगै नेपाल सम्वत् ११४५ मनाइएको छ । कार्यक्रममा नेवारी समुदायहरु संस्कृति झल्किने पोसाकका उपस्थित भएका थिए । बुद्धभुमी नगरपालिका २ गोरुसिंगे स्थित भिमसेन मन्दिरमा बुद्धभूमि नगरपालिकाका नेवार समुदायका अगुवाहरुको सहभागितामा रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा बुद्धभूमि नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठले नेपाली समाजले शाख्वाको योगदानको कदर गर्नु पर्ने बताउनु भएको थियो । नेपाल सम्वत् नेपालको आफ्नो क्यालेण्डर समेत रहेको र सरकारी र सामाजिक तवरबाट यसको प्रयोग गर्न जोड दिनु भयो ।
कार्यक्रममा बरिष्ठ समाजसेवी पिताम्र खनाल, बुद्धभूमि नपा २ नम्बर वडा अध्यक्ष सुरज प्रताप राणा कपिलवस्तुका नेवा समाजका अध्यक्ष निल कुमार श्रेष्ठले शुभ कामना मन्तव्य दिनु भएको थियो । नेवा देय् दवु बुद्धभूमिका अध्यक्ष टेकनारायण जोसीको अध्यक्षता र भरत श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार