एकै दिनमा २५ किलो मिटर पैदल गस्ती

Advertisement

कपिलवस्तु 

इलाका प्रहरी कार्यालय कृष्णनगरले सीमा क्षेत्रमा लामो दुरी पैदल गस्ती (लङ रुट पेट्रोलिङ ) को अभियान सुरुवात गरेको छ । सीमा क्षेत्रमा रहेका स्थानीयको समस्या बुझ्न र समुदाय र प्रहरी बिच सम दुरी कायम गर्न लामो दुरीको पैदल गस्ती सञ्चालन गरिएको थियो । पैदल गस्तीले सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिबिधिहरुको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी हुने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले बताउनु भयो । कृष्णनगर नगरपालिकाको बेदर्मी देखी सुरु गरिएको गस्ती २५ किलो मिटर यात्रा गरी बगही सीमा पुगेर अन्त्य भएको थियो । प्रहरी नायव निरीक्षक राम बहादुर मगरको कमान्डमा खटिएको ११ जना प्रहरीको गस्ती टोलीले जनप्रतिनिधि, स्थानीय सँग सुरक्षा सम्बन्धी छलफल र आधारभूत सुरक्षाको विषयमा समुदायलाई जानकारी समेत गराएको इप्रका प्रमुख प्रहरी निरीक्षक शिव खत्रीले बताउनु भयो । प्रहरीको प्रत्यक्ष उपस्थिति नभएको स्थानमा लामो दुरीको ग्रामीण गस्ती टोली पुगे पछि स्थानीयले खुसी व्यक्त गरेको प्रहरीले जनाएको छ । कृष्णनगर प्रहरीले महिनामा २ पटक लामो दुरीमा पैदल गस्ती गर्ने लक्ष्य राखेको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार