एकै दिनमा २५ किलो मिटर पैदल गस्ती

एकै दिनमा २५ किलो मिटर पैदल गस्ती

कपिलवस्तु  इलाका प्रहरी कार्यालय कृष्णनगरले सीमा क्षेत्रमा लामो दुरी पैदल गस्ती (लङ रुट पेट्रोलिङ ) को अभियान सुरुवात गरेको छ । सीमा क्षेत्रमा रहेका स्थानीयको समस्या बुझ्न र समुदाय र प्रहरी बिच सम दुरी कायम गर्न लामो दुरीको पैदल गस्ती सञ्चालन गरिएको थियो । पैदल गस्तीले सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिबिधिहरुको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी हुने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले बताउनु भयो । कृष्णनगर नगरपालिकाको बेदर्मी देखी सुरु गरिएको गस्ती २५ किलो मिटर यात्रा गरी बगही सीमा पुगेर अन्त्य भएको थियो । प्रहरी नायव निरीक्षक राम बहादुर मगरको कमान्डमा खटिएको…
Read More
बुद्धभूमि मनाइयो साख्वाको जयन्ती र नेपाल सम्वत् ११४५

बुद्धभूमि मनाइयो साख्वाको जयन्ती र नेपाल सम्वत् ११४५

कपिलवस्तु कार्तिक १८ गते ।बुद्धभूमि का नेवार समुदायले राष्ट्रिय विभूति शंखधर साख्वाको जयन्ती मनाएका छन् । नेवा ः देय् दवु बुद्धभूमिको आयोजनामा साख्वा जयन्ती सँगै नेपाल सम्वत् ११४५ मनाइएको छ । कार्यक्रममा नेवारी समुदायहरु संस्कृति झल्किने पोसाकका उपस्थित भएका थिए । बुद्धभुमी नगरपालिका २ गोरुसिंगे स्थित भिमसेन मन्दिरमा बुद्धभूमि नगरपालिकाका नेवार समुदायका अगुवाहरुको सहभागितामा रहेको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा बुद्धभूमि नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठले नेपाली समाजले शाख्वाको योगदानको कदर गर्नु पर्ने बताउनु भएको थियो । नेपाल सम्वत् नेपालको आफ्नो क्यालेण्डर समेत रहेको र सरकारी र सामाजिक तवरबाट यसको प्रयोग गर्न जोड दिनु भयो ।कार्यक्रममा बरिष्ठ समाजसेवी…
Read More
देउराली सामुदायिक वनको साधारण सभा सम्पन्न

देउराली सामुदायिक वनको साधारण सभा सम्पन्न

कपिलवस्तु कार्तिक ४ गतेकपिलवस्तुको बुद्धभूमि नगरपालिका २ देउराली सामुदायिक बनको १५ औँ साधारण सभा सम्पन्न भएको छ । बुद्धभूमि उद्योग बाणिज्य संघको सभा हलमा सम्पन्न साधारण सभामा बोल्दै प्रमुख अतिथी तथा बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले पालिकाले सामुदायिक वन सँग साझेदारीमा विकास निर्माणको काममा सहकार्य गर्न तयार रहेको बताउनु भयो ।पहिला लाखमा सिमित रहेका वनको आम्दानी अहिले करोड पुगेको छ । वडाले खर्च गर्ने भन्दा सामुदायिक वनको बजेट धेरै रहेको समेत उहाँले बताउनु भयो । पारर्दिता र गुणस्तरियकाम र प्राविधिक सहयोग समेत हुने हुँदा वन र पालिकाको साझेदारको योजना बढाउन जोड दिनु भयो ।सभामा बोल्दै सव डिभिजन वन कार्यालय…
Read More
दुर्घटनामा तीन जनाको मृत्यु

दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, १ कात्तिक चितवन, भरतपुर महानगरपालिका-४ नवदुर्गा चोकमा प्र-३-०३००१ प २४९६ नम्बरको मोटरसाइकल बा.१ च १०४९ नम्बरको कारमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका-५ बस्ने ३१ वर्षीय रितेश यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको   हो । उक्त मोटरसाइकल ना.२५ प ५७९९ नम्बरको मोटरसाइकलसँग ठक्कर खाई कारमा समेत ठोक्किएर दुर्घटना भएको थियो । साथै ना. २५ प ५७९९ नम्बरको मोटरसाइकल चालक र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनुषा, गणेशमान चारनाथ नगरपालिका-७ गोदारस्थित सडकमा झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ३६२७ नम्बरको हाईस अनियन्त्रित…
Read More
एग्रीवस्तुको खण्डन “७ महिना देखी प्याजको कारोवार नै भएको छैन “?

एग्रीवस्तुको खण्डन “७ महिना देखी प्याजको कारोवार नै भएको छैन “?

कपिलवस्तु— एग्रीवस्तु कोल्ड स्टोरेज प्रा.लि.ले आफूलाई लिएर केही सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गरेको छ। कम्पनीका सूचना अधिकारी दिवाकर खनालद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा कम्पनीले नेपाल सरकारका सबै नियम र कानुनअनुसार प्रक्रिया पूरा गरेर कोल्ड स्टोरेज सञ्चालन गरिरहेको स्पष्ट पारेको छ। विज्ञप्तिमा कम्पनीले आफ्नो वातावरणीय प्रभाव मूल्यांकन (आईईई) सम्बन्धित निकायबाट २०७८ साल असोज २५ गते स्वीकृति प्राप्त गरेको जनाउँदै, कम्पनीले सबै कानुनी मापदण्ड पालना गरेको उल्लेख छ। भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्धका कारण विगत ७ महिनामा कम्पनीले कुनै प्याज आयात र वितरण नगरेको समेत जानकारी दिइएको छ। कम्पनीले समाचारलाई भ्रामक र कपोलकल्पित भन्दै, यस्ता झुटा खबरप्रति गम्भीर ध्यानाकर्षण भएको र…
Read More
स्यालको आक्रमणबाट १० जना घाइते, रेविज भ्याक्सीन सकिए पछि बुटवल रेफर

स्यालको आक्रमणबाट १० जना घाइते, रेविज भ्याक्सीन सकिए पछि बुटवल रेफर

कपिलवस्तु असोज १८ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा स्यालको आक्रमणबाट १० जना घाइते हुनु भएको छ । पालिकाको वडा नम्बर ३ को पत्थरदेइया र महादेइया बस्तीमा स्यालले आक्रमण गरेको थियो । आक्रमणबाट पत्थरदेइया बस्ने वर्ष १२ को महाजार आलम र कृष्ण यादव, वर्ष ५२ कि राजमती कोरी, वर्ष ५५ का जगनाथ अहिर, वर्ष ५० को भोला पासी महादेइयाका वर्ष ५० का बव्बु केवट र मुन्ना लाल चौधरी , वर्ष ३५ को शिवकुमार यादव र वर्ष १५ का अर्जुन यादव रहेका छन् ।दुवै बस्तीमा बिहीबार राती स्यालले आक्रमण गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले बताउनु भयो ।…
Read More
आजबाट गोरुसिंगेमा रोदी घर (दोहोरी साझँ) सञ्चालन

आजबाट गोरुसिंगेमा रोदी घर (दोहोरी साझँ) सञ्चालन

कपिलवस्तु असोज १७ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा बिहीवार देखी रोदी घर संचालनमा आएको छ । घटस्थापनाको दिन पारेर दोहोरी साँझ (रोदी घर) सञ्चालन गरिएको संचालक लक्ष्मण न्यौपानेले बताउनु भयो ।मिलन रोदी घर को नामबाट संचालन हुने दोहारी साँझ मा राष्ट्रिय र स्थानीय कलाकारको गित तथा नृत्यबाट मनोरन्जन दिइने छ । दोहोरी साँझ संचालनमा आए पछि मनोरन्जनको लागी बुटवल जानु पर्ने बाध्यता अन्त्य हुने लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलवस्तुका कोषाध्यक्ष भक्तीराम घिमिरेले बताउनु भयो ।हामीले बाहिर भन्दा सस्तो मूल्यमा सेवा दिने छौ । एक साता सम्म उद्घाटन समारोह चल्ने अर्का संचालक धुव्र बेल्वासेले बताउनु भयो ।
Read More
“बाणगंगामा एमालेको तयारी – अधिवेशनमा कसरी जुट्दैछ पार्टी

“बाणगंगामा एमालेको तयारी – अधिवेशनमा कसरी जुट्दैछ पार्टी

नेकपा (एमाले) बाणगंगा नगर कमिटीको दोस्रो अधिवेशनको तयारी तीव्र रुपमा अघि बढाइएको छ। भदौ ७ गते सिद्धार्थ क्याम्पसमा हुने यो अधिवेशनका लागि आवश्यक तयारीहरु अन्तिम चरणमा पुगेको नगर कमिटी अध्यक्ष युवराज पोख्रेलले जानकारी दिनुभयो। आज बसेको नगर कमिटीको नवौं पूर्ण बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गर्दै अधिवेशनका प्रतिनिधि छनौट प्रक्रिया तय गरेको छ। भदौ १ गते ११ वटै वडामा अधिवेशनका प्रतिनिधि छनौट गरिने छ। प्रतिनिधि छनौटका लागि खुला समूहबाट २७६२ पार्टी सदस्यमध्ये २५ जना बराबर एक जनाका दरले प्रतिनिधि छनौट गरिनेछ भने १२९ जना दलित सदस्यमध्ये १५ जना बराबर एक जना प्रतिनिधि चयन गरिनेछ। छनौट गरिएका प्रतिनिधिमध्ये प्रत्येक तीन जना प्रतिनिधिमा…
Read More
खेतमा काम गर्न जादै गरेको कपिलवस्तुका २ युवाको चट्याङ लागेर मृत्यु

खेतमा काम गर्न जादै गरेको कपिलवस्तुका २ युवाको चट्याङ लागेर मृत्यु

कपिलवस्तु असार १२ गते ।कपिलवस्तुमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर उहाँहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर वलीले बताउनु भयो ।मृत्यु हुनेमा यशोधरा गाउँपालिका ६ भैसाहिया वर्ष २२ को महेश कलवार र बुद्धभूमि नगरपालिका १० धनकौलीका १७ वर्षको राजु ठाकुर रहेका छन् । दुवै जनाको शव मुचुल्का उठाई पोस्टमार्टमको लागि कपिलवस्तु अस्पताल लैजाने तयारीमा रहेको प्रहरीले जनाएको छ ।
Read More