एग्रीवस्तुको खण्डन “७ महिना देखी प्याजको कारोवार नै भएको छैन “?

Advertisement

कपिलवस्तु— एग्रीवस्तु कोल्ड स्टोरेज प्रा.लि.ले आफूलाई लिएर केही सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गरेको छ। कम्पनीका सूचना अधिकारी दिवाकर खनालद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा कम्पनीले नेपाल सरकारका सबै नियम र कानुनअनुसार प्रक्रिया पूरा गरेर कोल्ड स्टोरेज सञ्चालन गरिरहेको स्पष्ट पारेको छ।

विज्ञप्तिमा कम्पनीले आफ्नो वातावरणीय प्रभाव मूल्यांकन (आईईई) सम्बन्धित निकायबाट २०७८ साल असोज २५ गते स्वीकृति प्राप्त गरेको जनाउँदै, कम्पनीले सबै कानुनी मापदण्ड पालना गरेको उल्लेख छ। भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्धका कारण विगत ७ महिनामा कम्पनीले कुनै प्याज आयात र वितरण नगरेको समेत जानकारी दिइएको छ।

कम्पनीले समाचारलाई भ्रामक र कपोलकल्पित भन्दै, यस्ता झुटा खबरप्रति गम्भीर ध्यानाकर्षण भएको र कानुनी उपचारको बाटो रोज्ने चेतावनी दिएको छ। साथै, स्थानीय सञ्चारकर्मी, प्रशासन, र प्रहरीको मानमर्दन भएकोमा पनि दुःख व्यक्त गरेको छ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार