बसको ठक्करपछि सडक विभागको कार सुनकोशीमा खस्यो, चालकसहित तीन जना बेपत्ता

बसको ठक्करपछि सडक विभागको कार सुनकोशीमा खस्यो, चालकसहित तीन जना बेपत्ता

सिन्धुलीमाढी, साउन १८ गते । मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा सोमबार बसको ठक्करपछि सडक विभागको कार सुनकोशी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले बिहान करिब ११ः४५ बजे विपरीत दिशाबाट खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुलकोट अन्तर्गत मध्यपहाडी लोकमार्गमा प्रयोग भइरहेको नम्बर नखुलेको कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार सडकबाट करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा कार चालक सिन्धुपाल्चोकका करिब ३९ वर्षीय दिलकुमार लामा, स्काइभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी धुर्व थापाका करिब २७/२८…
Read More
तीन महिनाको अवधिमा ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ

तीन महिनाको अवधिमा ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ

काठमाडौं, १८ साउन नेपाल प्रहरीले गत वैशाख १ गते देखि असार मसान्त सम्म देशभरबाट ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।   जसमध्ये उपत्यकाबाट ५ सय ११ जना, कोशी प्रदेशबाट ७ सय १३ जना, मधेश प्रदेशबाट २ सय ५५ जना, बागमती प्रदेशबाट ४ सय २८ जना, गण्डकी प्रदेशबाट १ सय ८९ जना, लुम्बिनी प्रदेशबाट ५ सय ११ जना, कर्णाली प्रदेशबाट १ सय २१ जना, सुदूरपश्चिम प्रदेशबाट ४ सय ५७ जना र लागूऔषध नियन्त्रण ब्यूरोबाट १ सय ३१ जना पक्राउ परेका हुन् ।     सो अवधिमा अवैध लागूऔषध गाँजा ८ हजार ६ सय ३२ किलो…
Read More
प्युठानमा दुर्घटना : दुई जनाको मृत्यु

प्युठानमा दुर्घटना : दुई जनाको मृत्यु

प्युठान, जेठ १ गते । प्युठानको माण्डवी गाउँपालिका–१ स्थित डामृखोलामा एक मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । देवीस्थान–दाङ सडक खण्डमा गुडिरहेको लु.प्र.०२–००१ ज ०१०४ नम्बरको भ्यान अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खस्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरूमा भ्यान चालक प्युठान नगरपालिका–४ बस्ने अन्दाजी २४ वर्षीय दिलीप परियार र मल्लरानी गाउँपालिका–५ धुदी बस्ने अन्दाजी २६ वर्षीय अभिषेक कुँवर रहेका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनामा गम्भीर चोट लागेका दुवै जनाको घटनास्थलमै…
Read More
कपिलवस्तुमा इन्टरनेट मर्मत गर्दै गर्दा करेन्ट लागेर कर्मचारीको मृत्यु

कपिलवस्तुमा इन्टरनेट मर्मत गर्दै गर्दा करेन्ट लागेर कर्मचारीको मृत्यु

कपिलवस्तु, वैशाख ३१ गते । कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ। पञ्चकन्या जे.बि.एम. केबुल नेट चन्द्रौटामा कार्यरत पाल्पाको रिब्दीकोट गाउँपालिका–७ फेक स्थायी ठेगाना भई हाल शिवराज–३ मदवामा बस्दै आएका ३२ वर्षीय लेखु थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहीवार बिहान करिब ९ः३० बजे खरेन्द्रपुरस्थित एक घरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा थापालाई अचानक करेन्ट लागेको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल बुद्ध पोलिक्लिनिक खरेन्द्रपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु का प्रवक्ता प्रहरी नायव उपरीक्षक…
Read More
माघी महोत्सवको तयारीमा जुट्दै थारु समुदाय

माघी महोत्सवको तयारीमा जुट्दै थारु समुदाय

कपिलवस्तु ।थारु समुदायको नयाँ वर्षको अवसरमा कपिलवस्तुमा माघी महोत्सवको तयारी तीव्र बनेको छ। माघी पर्वलाई समुदायस्तरमा मनाउने उद्देश्यले वडा तथा पालिका स्तरमा विभिन्न महोत्सव आयोजना हुँदैछन्। यसैक्रममा बुद्धभूमि नगरपालिका–४ स्थित बुड्ढी तालमा आठौँ बुद्धभूमि माघी (खिचडी) महोत्सव आयोजना हुने भएको छ। थारु कल्याणकारिणी सभा बुद्धभूमि नगर समितिको आयोजनामा तथा थारु सांस्कृतिक संरक्षण समिति (थाकस) को सहआयोजनामा पौष २९ गतेदेखि माघ १ गतेसम्म महोत्सव सञ्चालन हुनेछ। महोत्सवको उद्घाटन थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष विश्राम प्रसाद थारुले गर्ने तय भएको छ। महोत्सवमा थारु परिकार, झुमरा नृत्य, झर्रा झाँकीलगायत मौलिक सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएका छन्। आयोजकका अनुसार माघी महोत्सवले थारु समुदायको…
Read More
तनहुँमा तीन जनाको विभत्स हत्या, घटनास्थल तनावग्रस्त

तनहुँमा तीन जनाको विभत्स हत्या, घटनास्थल तनावग्रस्त

तनहुँ, पुस २६ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्र नजिक तीन जनाको विभत्स हत्या भएको खुलासा भएको छ। शनिबार बिहान दुई जना पुरुष र केही घण्टापछि एक जना महिला मृत अवस्थामा फेला परेपछि क्षेत्र तनावग्रस्त बनेको छ। इलाका प्रहरी कार्यालय बेलचौतारालाई शनिबार बिहान करिब साढे ९ बजे फोहोरमैला प्रशोधन केन्द्रका एक कर्मचारीले दुई जना पुरुष मृत अवस्थामा भेटिएको जानकारी गराएका थिए। प्रहरी टोली घटनास्थल पुग्दा प्रशोधन केन्द्रको कम्पाउन्ड बाहिर दुई पुरुषको शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ। मृतकमध्ये एक जना शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछाप निवासी अन्दाजी ४० वर्षीय…
Read More
पहिलो मम्मी डान्स आइडियलमा रन्जिता खनाल विजेता

पहिलो मम्मी डान्स आइडियलमा रन्जिता खनाल विजेता

पाँचौँ बुद्धभूमि महोत्सव अन्तर्गत पहिलो मम्मी डान्स आइडियल प्रतियोगितामा रन्जिता खनाल विजेता बन्न सफल भएकी छन्। फस्ट रनरअपमा गीता कार्की, सेकेन्ड रनरअपमा कल्पना क्षेत्री र सान्त्वना उपाधिमा गंगा पौडेल घोषित भए। विजेताले ५० हजार रुपैयाँ, फस्ट रनरअपले २५ हजार रुपैयाँ र सेकेन्ड रनरअपले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। प्रथम पुरस्कार आदर्श बोर्डिङ स्कुल, दोस्रो पुरस्कार मेलाको फिल्ड व्यवस्थापक अर्जुन क्षेत्री, र ट्रफी जनसेवा स्टेशनरी स्टोर ले सौजन्य गरेको थियो। पुरस्कृत प्रतिभाहरूलाई सम्मान गर्दै आयोजक बुद्धभूमि उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष विष्णु पौडेल ले सबै विजेतालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
Read More
डोटीको जोरायलमा इभि हाइस दुर्घटना, एकजनाको मृत्यु र १८ जना घाइते

डोटीको जोरायलमा इभि हाइस दुर्घटना, एकजनाको मृत्यु र १८ जना घाइते

दिपायल, असोज २५ गते । डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनस्थित भिमदत्त राजमार्गमा शनिबार बिहान इभि हाइस दुर्घटना हुँदा एकजनाको मृत्यु र १८ जना घाइते भएका छन् । अछामबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख–३९५६ नम्बरको इभि हाइस बिहान करिब ५ः३५ बजेतिर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । दुर्घटनामा अछाम मङ्गलसेन नगरपालिका–९ की २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको हो । घटनामा घाइते १८ जनामध्ये आठ जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि कैलाली अत्तरियास्थित पद्मा अस्पताल पठाइएको हो । प्रहरी…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम अधिवेशन सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम अधिवेशन सम्पन्न

बुद्धभूमि नगरपालिका–४, कपिलवस्तु ।राष्ट्रिय स्वतन्त्र पार्टी, बुद्धभूमि नगरपालिका वडा नं. ४ को प्रथम अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशन अमरराज आचार्यको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा ११ सदस्यीय कार्य समिति तथा सल्लाहकार समिति समेत गठन गरिएको छ। अधिवेशनलाई प्रदेश उपसभापति शालिकराम घिमिरेले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुभयो। कार्यक्रममा रोमाखर पाण्डेले अध्यक्षता गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विष्णु पौडेलले गर्नुभएको थियो। सभ्य र भद्र वातावरणमा सम्पन्न अधिवेशनमा २० जना नयाँ सदस्यले पार्टीप्रति एक्यबद्धता जनाउँदै सदस्यता ग्रहण गरेका छन्।
Read More
चार करोड र नौ तोला सुनसहित पक्राउ परेका ७७ वर्षीय वृद्धलाई राजस्व विभाग पठाइयो

चार करोड र नौ तोला सुनसहित पक्राउ परेका ७७ वर्षीय वृद्धलाई राजस्व विभाग पठाइयो

काठमाडौँ, भदौ १८ गते। काठमाडौँ सामाखुसीबाट चार करोड २६ लाख नगद र ९ तोला बढी सुनसहित पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग हरिहर भवन पठाएको छ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार मङ्गलबार पक्राउ परेका श्रेष्ठलाई बुधबार थप अनुसन्धानका लागि राजस्व विभाग पठाइएको हो।श्रेष्ठलाई मङ्गलबार दिउँसो काठमाडौँ महानगरपालिका-२६, सामाखुशीको एक घरबाट उक्त रकम, सुन र चाँदीसहित नियन्त्रणमा लिएको थियो। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर महाराजगन्ज र प्रहरी वृत्तको संयुक्त टोलीले अवैध रकम र सुनसहित घरधनी श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।श्रेष्ठलाई पक्राउ गरेपछि प्रहरीले उनका छोरा सनम खड्गीले कोठा…
Read More
//omg10.com/4/6824010