पूर्व नगर प्रमुख किरण सिंह अझै बेपत्ता, प्रहरी कुकुरसहित खोजी अभियान तीव्र

पूर्व नगर प्रमुख किरण सिंह अझै बेपत्ता, प्रहरी कुकुरसहित खोजी अभियान तीव्र

नारद कोहारतौलिहवा (कपिलवस्तु), साउन २३ गते कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंह अझै सम्पर्कविहीन रहेपछि उनको खोजी अभियान शनिबार बिहानदेखि पुनः तीव्र बनाइएको छ। शुक्रबार राति करिब २ बजेसम्म व्यापक खोजी गर्दा पनि कुनै सुराक नलागेपछि रोकिएको अभियान बिहानैदेखि पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट परिचालित संयुक्त प्रहरी टोलीले ढेकहरी क्षेत्रसहित विभिन्न सम्भावित स्थानमा खोजी गरिरहेको छ। खोजीलाई प्रभावकारी बनाउन भैरहवा विमानस्थलबाट तालिमप्राप्त प्रहरी कुकुरसमेत ल्याएर परिचालन गरिएको प्रहरीले जनाएको छ। शुक्रबार राति प्रहरी, स्थानीय बासिन्दा र स्वयंसेवकसहितको ठूलो…
Read More
सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौं, २१ साउन                दाङ, तुलसीपुर उपमहानगरपालिका-६ नायकमार्ट नजिक सडकमा रा.१ ग ३२ नम्बरको टिपरले रा.४ प ७९४५ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही उपमहानगरपालिका-११ कटाह बस्ने २१ वर्षीया कल्पना केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्कुटर र क.प्र. ०२-००३ प २४४९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई स्कुटरलाई पुन टिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो । टिपर र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।                ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकमा कोटेश्वरबाट बालकुमारीतर्फ आउँदै गरेको बा.२ ख ३५९० नम्बरको मिनि बस…
Read More
कपिलवस्तुमा चोरीको मोटरसाइकल ‘काटेर गायब’ बनाउने खेल पर्दाफास

कपिलवस्तुमा चोरीको मोटरसाइकल ‘काटेर गायब’ बनाउने खेल पर्दाफास

कपिलवस्तु, साउन २१ गते। कपिलवस्तुमा चोरी भएको मोटरसाइकललाई चिनिन नसक्ने गरी टुक्राटुक्रा पारी लुकाइएको रहस्यमय घटनाको प्रहरीले पर्दाफास गरेको छ। मङ्गलबार दिउँसो उद्योग परिसरबाट चोरी भएको स्प्लेन्डर प्लस मोटरसाइकल बिहीबार वर्कशपबाट काटेर पाटपुर्जा अलग–अलग पारिएको अवस्थामा बरामद भएपछि घटनाले सनसनी मच्चाएको छ। कपिलवस्तु नगरपालिका–१ भिक्षु चोकस्थित राहुल आइसक्रिम तथा सिल्ली बरफ उद्योगबाट मङ्गलबार दिउँसो करिब ३:३० बजे चोरी भएको लु १७ प ८७८ नम्बरको स्प्लेन्डर प्लस मोटरसाइकल कपिलवस्तु नगरपालिका–१ बसपार्क चोक नजिक रहेको तौलन मोटरसाइकल वर्कशपबाट बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकलका अधिकांश पाटपुर्जा काटेर घर र वर्कशपभित्र लुकाएर राखिएको अवस्थामा फेला परेको हो। चोरीपछि मोटरसाइकललाई पहिचान गर्न…
Read More
अर्घाखाँचीमा १३५ चालक र सहचालकको स्वास्थ्य परीक्षण

अर्घाखाँचीमा १३५ चालक र सहचालकको स्वास्थ्य परीक्षण

अर्घाखाँची, साउन २० गते। अर्घाखाँची जिल्लामा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले १३५ जना चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा तथा जिल्लामा सञ्चालनमा रहेका यातायात प्रालिहरूसँगको समन्वय र शितगंगा नगरपालिकाको सहयोगमा शितगंगा नगरपालिका–३ ठाडामा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा विभिन्न सवारी साधनका चालक तथा सहचालकहरूको रक्तचाप (ब्लड प्रेसर), मधुमेह (सुगर) र आँखाको परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बरिष्ठ प्रहरी नायव निरीक्षक लिल बहादुर कुवँरले बताउनु भयो । सवारी चालकको स्वास्थ्य अवस्थाले सवारी सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको कार्यालयले जनाएको छ।
Read More
जेलबाट छोरालाई छुटाइदिने भन्दै पाँच लाख ६२ हजार असुले, कपिलवस्तुमा पक्राउ

जेलबाट छोरालाई छुटाइदिने भन्दै पाँच लाख ६२ हजार असुले, कपिलवस्तुमा पक्राउ

कपिलवस्तु, साउन १९ गते। ‘जेलबाट तपाईंको छोरालाई छुटाइदिन्छु, अदालत र प्रहरीमा मेरो पहुँच छ।’ यही आश्वासन दिएर एक व्यक्तिबाट पाँच लाख ६२ हजार रुपैयाँ असुलेको आरोपमा कपिलवस्तु प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिवराज नगरपालिका–५ बालानगर निवासी ३६ वर्षीय जग्गु तेली रहेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बाणगंगा नगरपालिका–४ गजेहडा निवासी ६५ वर्षीय अब्दुल मोविन मुसलमानका छोरा अकबर अली सवारी ज्यानसम्बन्धी कसुर मुद्दामा कारागार कार्यालय तौलिहवामा रहेका थिए। सोही अवस्थाको फाइदा उठाउँदै तेलीले विभिन्न सरकारी निकायमा आफ्नो पहुँच रहेको दाबी गर्दै मुद्दा मिलाइदिने र जेलबाट छुटाइदिने प्रलोभन देखाएका थिए। प्रहरीका अनुसार उनले विभिन्न मितिमा पटक–पटक गरी पाँच…
Read More
स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

जलेश्वर, साउन १९ गते। महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। मंगलबार बिहान करिब ७:३० बजे मोर्डन शारदा शिक्षा सदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अनियन्त्रित भई उखुबारीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। दुर्घटनामा चालक विजय भुजेलसहित पाँच जना विद्यार्थी घाइते भएका छन्। अधिकांश घाइतेको खुट्टा, नाक र कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनालाई बीके अस्पताल गौशालामा उपचारका लागि पठाइएको छ भने अन्य चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेको उद्धार गरी…
Read More
सवारी दुर्घटनामा दुई जनाको मृत्यु

कपिलवस्तुमा तीन जना सवार मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

कपिलवस्तुमा तीन जना सवार मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु कपिलवस्तु, साउन १८ गते । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। आइतबार अपराह्न करिब ४:३० बजे शिवपुराबाट जगदीशपुरतर्फ जाँदै गरेको लु प्र ०१–००३ प १५६१ नम्बरको मोटरसाइकल भित्री सडकखण्डमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार कपिलवस्तु नगरपालिका–६ गोबरी निवासी २५ वर्षीय मुरेली यादव गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएकोमा चिकित्सकले साँझ ५:३५ बजे मृत घोषणा गरेका हुन्। दुर्घटनामा सोही स्थानका २९ वर्षीय प्रतिक जैसवाल…
Read More
पहिरोले चार तले पक्की घर बगायो

पहिरोले चार तले पक्की घर बगायो

अविरल वर्षापछि गएको पहिरोले गोरखा नगरपालिका–९ लक्ष्मीबजार दिवामार्गस्थित एक चारतले पक्की घर जगसहित बगाउँदा एक जना घाइते भएका छन्। सोमबार बिहान परेको अविरल वर्षापछि स्थानीय मानसिंह गुरुङको चारतले पक्की घर पहिरोसँगै करिब १५–२० मिटर तल बगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। घर बग्ने क्रममा उक्त घरमा डेरा गरी बस्ने रौतहटको कटहरिया नगरपालिका–७ घर भएका ५८ वर्षीय टोखान महतो घरभित्रै रहेका बेला घाइते भएका हुन्। त्यस्तै, नजिकै रहेको कृष्णदेव महतोको चारतले पक्की घरमा पनि आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोली, सशस्त्र प्रहरी बल र स्थानीयवासी उद्धारमा खटिएका थिए। बिहान करिब…
Read More
आयुर्वेदिक महत्त्व बोकेको बिजयसाल काठको गिलासको व्यावसायिक उत्पादन सुरु

आयुर्वेदिक महत्त्व बोकेको बिजयसाल काठको गिलासको व्यावसायिक उत्पादन सुरु

कपिलवस्तु, साउन १८ गते । कपिलवस्तुमा आयुर्वेदिक महत्त्व बोकेको बिजयसाल (विजयसार) काठबाट निर्मित हस्त निर्मित गिलासको व्यावसायिक उत्पादन सुरु गरिएको छ । कपिलवस्तु नगरपालिका–४ तौलिहवास्थित बिन्धबासिनी काष्ठ उद्योगले प्राकृतिक बिजयसाल (Pterocarpus marsupium) काठबाट हस्त निर्मित गिलास उत्पादन गरी बजारमा ल्याएको जनाएको छ । नेपाली परम्परा, प्राकृतिक जीवनशैली र स्थानीय हस्तकलालाई प्रवद्र्धन गर्ने उद्देश्यले गिलास उत्पादन सुरु गरिएको हो । नेपाली दक्ष कारिगरद्वारा तयार गरिएका यी गिलास घरायसी प्रयोग, कार्यालय तथा उपहारका रूपमा समेत प्रयोग गर्न सकिने उत्पादक तथा वन क्याम्पस पोखराका स्ववियु सभापति अभिषेक शर्माले बताउनु भयो ।आयुर्वेदमा बिजयसार काठको विशेष महत्त्व रहेको उल्लेख पाइन्छ । आयुर्वेदिक अभ्यास अनुसार बिजयसालको…
Read More
गुर्डुङ खोलामा डुबेर मृत्यु हुने ८० वर्षीया महिला को हुन् ?

गुर्डुङ खोलामा डुबेर मृत्यु हुने ८० वर्षीया महिला को हुन् ?

जानु पाण्डेकपिलवस्तु, असार ४ गते। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ स्थित गुर्डुङ खोलामा मृत अवस्थामा फेला परेकी महिला बुद्धभूमि नगरपालिका–४ भगिरामपुर निवासी ८० वर्षीया रुपासेन वली रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार वली केही समयदेखि आफ्नी छोरी जमुना केसीको घरमा बस्दै आएकी थिइन्। बिहीबार बिहान उनी कसैलाई जानकारी नदिई घरबाट निस्किएकी थिइन्। स्थानीयवासीले गुर्डुङ खोलामा एक महिला मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट प्रहरी निरीक्षक बाबुराम बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलमा मृतकको कपडा र झोला पुलको छेउमा रहेको फलामको पोलमा राखिएको अवस्थामा फेला पारेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा उनी…
Read More
//omg10.com/4/6824010