सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, २९ साउन

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-४ डाँछीस्थित सडकमा बा.प्र.०१-००२ ज ९५८८ नम्बरको माइक्रोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय शंखर प्रसाद कुईकेलको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, कबिलासी नगरपालिका-१० सलेम्पुरस्थित सडकमा बीआर ०१ जेए २७०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बेलुकी दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ पिपरिया बस्ने २५ वर्षीय रामशंकर माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका नेशनल मेडिकल कलेज वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

काभ्रे, पाँचखाल नगरपालिका-४ तामाघाट बजारस्थित सडकमा बा.प्र.०१-०१६ प ७३१८ नम्बरको स्कुटर बिहीबार बेलुकी दुर्घटना हुँदा चालक काठमाडौं थली बस्ने ४० वर्षीय रबी सिमखडाको मृत्यु भएको   छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

               दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार

//omg10.com/4/6824010