लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं, २९ साउन                चितवन, रत्ननगर नगरपालिका-३ बस्ने २५ वर्षीय आशिष पुरी र सोही नगरपालिका-७ बागमारा बस्ने ३८ वर्षीय दिनेश सुनारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ३० मिलिग्राम र नगद २७ हजार रूपैयाँ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।                कास्की, पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ एम्पुल, नोर्फिन ४ एम्पुल र फेनारगन ४ एम्पुल सहित सोही महानगरपालिका-२५ हेम्जा बस्ने धनकुटा घर भएका २३ वर्षीय मनोज लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यसैगरी पोखरा…
Read More
सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, २९ साउन काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-४ डाँछीस्थित सडकमा बा.प्र.०१-००२ ज ९५८८ नम्बरको माइक्रोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय शंखर प्रसाद कुईकेलको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाही, कबिलासी नगरपालिका-१० सलेम्पुरस्थित सडकमा बीआर ०१ जेए २७०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बेलुकी दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ पिपरिया बस्ने २५ वर्षीय रामशंकर माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका नेशनल मेडिकल कलेज वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । काभ्रे, पाँचखाल नगरपालिका-४ तामाघाट…
Read More
मल लिन भारत पुगेका कपिलवस्तुका नागरिकलाई भारतीय सुरक्षाकर्मीले समायो

मल लिन भारत पुगेका कपिलवस्तुका नागरिकलाई भारतीय सुरक्षाकर्मीले समायो

सुग्रिव बरई कपिलवस्तु । भारतबाट नेपालतर्फ युरिया मल तस्करी गर्दै आएका एक नेपाली नागरिक सीमा क्षेत्रमा पक्राउ परेका छन्। भारत–नेपाल सीमामा निगरानी बढाइएका बेला सशस्त्र सीमा बल (एसएसबी) र उत्तर प्रदेश प्रहरीको संयुक्त टोलीले ६ बोरा युरिया मल र दुईवटा साइकल बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको हो। बिहीबार खुनुवा सीमा चौकीअन्तर्गत सीमा स्तम्भ नम्बर ५५५ नजिकै संयुक्त टोलीले भारतबाट नेपालतर्फ साइकलमा मल ल्याइरहेका दुई जनालाई देखेपछि रोक्न खोजेको थियो। तर टोलीलाई देख्नेबित्तिकै एक जना साइकल र मल छाडेर नेपालतर्फ फरार भएका थिए। अर्का व्यक्तिलाई भने घटनास्थलमै नियन्त्रणमा लिइएको एसएसबीले जनाएको छ। पक्राउ पर्ने व्यक्ति कपिलवस्तुको यशोधरा गाउँपालिका–८ निवासी ४४…
Read More
पूर्व नगर प्रमुख किरण सिंह अझै बेपत्ता, प्रहरी कुकुरसहित खोजी अभियान तीव्र

पूर्व नगर प्रमुख किरण सिंह अझै बेपत्ता, प्रहरी कुकुरसहित खोजी अभियान तीव्र

नारद कोहारतौलिहवा (कपिलवस्तु), साउन २३ गते कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंह अझै सम्पर्कविहीन रहेपछि उनको खोजी अभियान शनिबार बिहानदेखि पुनः तीव्र बनाइएको छ। शुक्रबार राति करिब २ बजेसम्म व्यापक खोजी गर्दा पनि कुनै सुराक नलागेपछि रोकिएको अभियान बिहानैदेखि पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट परिचालित संयुक्त प्रहरी टोलीले ढेकहरी क्षेत्रसहित विभिन्न सम्भावित स्थानमा खोजी गरिरहेको छ। खोजीलाई प्रभावकारी बनाउन भैरहवा विमानस्थलबाट तालिमप्राप्त प्रहरी कुकुरसमेत ल्याएर परिचालन गरिएको प्रहरीले जनाएको छ। शुक्रबार राति प्रहरी, स्थानीय बासिन्दा र स्वयंसेवकसहितको ठूलो…
Read More
सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौं, २१ साउन                दाङ, तुलसीपुर उपमहानगरपालिका-६ नायकमार्ट नजिक सडकमा रा.१ ग ३२ नम्बरको टिपरले रा.४ प ७९४५ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही उपमहानगरपालिका-११ कटाह बस्ने २१ वर्षीया कल्पना केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्कुटर र क.प्र. ०२-००३ प २४४९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई स्कुटरलाई पुन टिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो । टिपर र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।                ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकमा कोटेश्वरबाट बालकुमारीतर्फ आउँदै गरेको बा.२ ख ३५९० नम्बरको मिनि बस…
Read More
लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

अवैध लागूऔषध सहित दुई जना पक्राउ

काठमाडौं, २१ साउन                काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नहरूमा भारत उत्तर प्रदेश लुधियाना ठेगाना भएका ४३ वर्षीय RENKU MEHEN र भारत उत्तर प्रदेश जोया ठेगाना भएका ३२ वर्षीय MOHAMMAD HASNAIN रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त गाँजा रिसिभ गर्न MOHAMMAD समेत ३ जनाले भारत उत्तर प्रदेश लुधियानाबाट युपि ३८ एपि १९७३ नम्बरको गाडी लिई काठमाडौं आएको भन्ने खुल्न आएपश्चात प्रहरीले खोजी गर्ने क्रममा धादिङ धुनिवेशी नगरपालिका-९ कानाकोटस्थित सडक छेउमा पार्किङ…
Read More
कपिलवस्तुमा चोरीको मोटरसाइकल ‘काटेर गायब’ बनाउने खेल पर्दाफास

कपिलवस्तुमा चोरीको मोटरसाइकल ‘काटेर गायब’ बनाउने खेल पर्दाफास

कपिलवस्तु, साउन २१ गते। कपिलवस्तुमा चोरी भएको मोटरसाइकललाई चिनिन नसक्ने गरी टुक्राटुक्रा पारी लुकाइएको रहस्यमय घटनाको प्रहरीले पर्दाफास गरेको छ। मङ्गलबार दिउँसो उद्योग परिसरबाट चोरी भएको स्प्लेन्डर प्लस मोटरसाइकल बिहीबार वर्कशपबाट काटेर पाटपुर्जा अलग–अलग पारिएको अवस्थामा बरामद भएपछि घटनाले सनसनी मच्चाएको छ। कपिलवस्तु नगरपालिका–१ भिक्षु चोकस्थित राहुल आइसक्रिम तथा सिल्ली बरफ उद्योगबाट मङ्गलबार दिउँसो करिब ३:३० बजे चोरी भएको लु १७ प ८७८ नम्बरको स्प्लेन्डर प्लस मोटरसाइकल कपिलवस्तु नगरपालिका–१ बसपार्क चोक नजिक रहेको तौलन मोटरसाइकल वर्कशपबाट बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकलका अधिकांश पाटपुर्जा काटेर घर र वर्कशपभित्र लुकाएर राखिएको अवस्थामा फेला परेको हो। चोरीपछि मोटरसाइकललाई पहिचान गर्न…
Read More
जेलबाट छोरालाई छुटाइदिने भन्दै पाँच लाख ६२ हजार असुले, कपिलवस्तुमा पक्राउ

जेलबाट छोरालाई छुटाइदिने भन्दै पाँच लाख ६२ हजार असुले, कपिलवस्तुमा पक्राउ

कपिलवस्तु, साउन १९ गते। ‘जेलबाट तपाईंको छोरालाई छुटाइदिन्छु, अदालत र प्रहरीमा मेरो पहुँच छ।’ यही आश्वासन दिएर एक व्यक्तिबाट पाँच लाख ६२ हजार रुपैयाँ असुलेको आरोपमा कपिलवस्तु प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिवराज नगरपालिका–५ बालानगर निवासी ३६ वर्षीय जग्गु तेली रहेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बाणगंगा नगरपालिका–४ गजेहडा निवासी ६५ वर्षीय अब्दुल मोविन मुसलमानका छोरा अकबर अली सवारी ज्यानसम्बन्धी कसुर मुद्दामा कारागार कार्यालय तौलिहवामा रहेका थिए। सोही अवस्थाको फाइदा उठाउँदै तेलीले विभिन्न सरकारी निकायमा आफ्नो पहुँच रहेको दाबी गर्दै मुद्दा मिलाइदिने र जेलबाट छुटाइदिने प्रलोभन देखाएका थिए। प्रहरीका अनुसार उनले विभिन्न मितिमा पटक–पटक गरी पाँच…
Read More
खोला बगायो ११ वर्षीय छोरा, छोराको वियोग सहन नसकेर आमाले पनि रोजिन् मृत्यु

खोला बगायो ११ वर्षीय छोरा, छोराको वियोग सहन नसकेर आमाले पनि रोजिन् मृत्यु

इलाम, साउन १९ गते। बिहान विद्यालय गएका ११ वर्षीय छोरा साँझ घर फर्किएनन्। उर्लिएको खोलाले उनलाई सधैंका लागि खोस्यो। छोराको मृत्युको पीडा सहन नसकेकी आमाले केही घण्टामै आफ्नै जीवन अन्त्य गरिन्। इलामको माईजोगमाई गाउँपालिका–२ मा सोमबार भएको यो घटनाले एउटा परिवार मात्र होइन, सिंगो गाउँलाई शोकमा डुबाएको छ। स्थानीय बजुर खोलाले विद्यालयबाट घर फर्कने क्रममा ११ वर्षीय आहान खत्रीलाई बगाएको थियो। आहानको मृत्यु भएपछि उहाँकी आमा ३५ वर्षीया अमृता लाप्चा खत्री बेपत्ता हुनुभएको थियो। खोजी गर्ने क्रममा उहाँलाई घरदेखि करिब १०० मिटर पश्चिमतर्फ रहेको निवराको रुखमा प्लास्टिकको डोरीको पासो लगाएको अवस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी…
Read More
स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

जलेश्वर, साउन १९ गते। महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। मंगलबार बिहान करिब ७:३० बजे मोर्डन शारदा शिक्षा सदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अनियन्त्रित भई उखुबारीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। दुर्घटनामा चालक विजय भुजेलसहित पाँच जना विद्यार्थी घाइते भएका छन्। अधिकांश घाइतेको खुट्टा, नाक र कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनालाई बीके अस्पताल गौशालामा उपचारका लागि पठाइएको छ भने अन्य चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेको उद्धार गरी…
Read More
//omg10.com/4/6824010