काठमाडौँ, भदौ १० गते ।
रसुवामा चीनतर्फबाट आएको बाढीले त्रिशूली नदीमाथिका कम्तीमा १९ वटा पुलमा क्षति पुर्याएको छ । बाढीका कारण करिब ४० किलोमिटर सडकसमेत अवरुद्ध भएको सडक विभागले जनाएको छ ।सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीबाट त्रिशूली नदीका १९ भन्दा बढी पुलमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । बाढीले सडक तथा पुलमा क्षति पुर्याएपछि यातायात आवागमन प्रभावित भएको छ ।
बुधबार बिहान चीनको सिमानाबाट आएको बाढीले रसुवा क्षेत्रमा ठूलो क्षति पुर्याएको हो । बाढीबाट अवरुद्ध सडक खुलाउन सडक विभागले प्रभावित क्षेत्रमा आवश्यक मेसिन तथा उपकरण परिचालन गरेको प्रवक्ता न्यौपानेले बताउनुभयो ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने कामसमेत जारी रहेको सडक विभागले जनाएको छ ।
