सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं, ३० चैत जुम्ला, कनकासुन्दरी गाउँपालिका-५ स्थित सडकमा लु.५ त १४६० नम्बरको ट्याक्टर सडकबाट करिब १ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा चालक सल्यान त्रिबेणी गाउँपालिका-४ थोलाबाङ बस्ने २४ वर्षीय बसन्त रेउलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-३ गितखोरास्थित सडकमा प्र.१-०१-००२ ह ३७१६ नम्बरको सिटि रिक्सा अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा रिक्सामा सवार सोही नगरपालिका-१ भलुवा बस्ने ३० वर्षीय श्याम कुमार यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको भारदह अस्पताल सप्तरीमा उपचारको क्रममा मृत्यु भएको…
