कपिलवस्तु तौलिहवाका वालक श्याम कौशल वुधवार दिउसो देखी सम्पर्क विहिन

कपिलवस्तु तौलिहवाका वालक श्याम कौशल वुधवार दिउसो देखी सम्पर्क विहिन

कपिलवस्तुकपिलवस्तु नगरपालिका वडा नम्बर १ तौलिहवाबाट एक वालक सम्पर्क विहिन भएका छन् । नगरपालिकाको शिव मन्दिर टोल निवासी सोनु कौशलको छोरा बर्ष १६ को श्याम कौशल बुधबार देखि सम्पकै विहिन भएका छन् । उनी दिउँसो २ः०० बजे आफ्नै घरबाट निस्किएका थिए । हाल सम्म घरपरिवार सङ्ग कुनै सम्पर्कमा नरहेको परिवार स्रोतले बताएको छ । वालकलाई कतै देखिनु भएमा जानकारी गराउन नजिकको प्रहरी चौकी गर्न आग्रह गरिएको छ ।
विकासको कामलाई कुनै पनि बहानामा अवरोध गर्नुहुँदैन : योगेश भट्टराई

विकासको कामलाई कुनै पनि बहानामा अवरोध गर्नुहुँदैन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले विकासको कामलाई कुनै बहानामा अवरोध गर्नु नहुने बताउनुभएको छ ।नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन सचिव भट्टराईले सभ्यता र संस्कृतिलाई जोगाउँदै विकासका काम अघि बढाउनु पर्ने बताउनुभयो । नेकपा एमाले हिजोदेखि नै सभ्यता र संस्कृतिको संरक्षणको पक्षमा रहेको उहाँले सम्पदाको संरक्षण गर्दै विकासको काम अघि बढाउनु पर्ने बताउनुभयो । ‘विकास निर्माणको काममा कसैले पनि अवरोध गर्नुहुँदैन’, उहाँले भन्नुभयो ।कुनै पनि योजनामा समस्या छ भने बसेर छलफल गरी समस्या समाधान गर्नुपर्नेमा उहाँले बताउनुभयो । कुनै पनि हालतमा काम गर्न दिँदैनौँ भनेर विकास विरोधी कुरा कसैले गर्नु नहुने उहाँले स्पष्ट पार्नुभयो…
ताप्लेजुङको टिप्ताला नाकासम्मको सडक तीनवर्ष भित्र बन्छ : रघुवीर महासेठ 

ताप्लेजुङको टिप्ताला नाकासम्मको सडक तीनवर्ष भित्र बन्छ : रघुवीर महासेठ 

काठमाडौं । नेकपा एमालेका सचिव एवं उपप्रधान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ताप्लेजुङको ओलाङचुङ्गोला हुँदै चीनको टिप्ताला नाका जोड्ने सडक सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । बिहीबार नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासेठले सकेसम्म तीन वर्ष भित्रै सो सडकको काम सम्पन्न गर्ने गरी कम गर्ने बताउनुभयो । उहाँले यस आर्थिक वर्षको बजेटमा सो सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बचन दिनुभयो । ‘हामी तीन वर्षभित्रै, सकेसम्म तीन वर्ष भित्रै सम्पन्न गर्ने गरी काम गर्छौँ’, महासेठले भन्नुभयो । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङ्गोला स्थित टिप्तालाबाट चीन जोड्ने नाका नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छोटो त्रिदेशीय…
डढेलो नियन्त्रण गर्न पहिलो पटक एयर ब्लोरको प्रयोग

डढेलो नियन्त्रण गर्न पहिलो पटक एयर ब्लोरको प्रयोग

कपिलवस्तु चैत्र २९ गते। डढेलो नियन्त्रण गर्न पहिलो पटक एयर ब्लोर उपकरणको प्रयोग गरिएको छ। डिभिजन वन कार्यालय कपिलवस्तुले पहिलो पटक ब्लोर डढेलो नियन्त्रणमा प्रयोग गरेको हो। कपिलवस्तुको तिलौराकोट र मायादेवी साझेदारी वनमा अत्याधुनिक एयर ब्लोर मेसिनको प्रयोग गरिएको हो।  डिभिजनल वन अधिकृत विजयराज सुवेदीले अमेरिका र युरोपका वनमा ब्लोर प्रयोग गरेको देखिएपछि नमुना ल्याएर परीक्षण गरिएको जानकारी दिनुभयो। नमुना परीक्षण प्रभावकारी देखिएपछि कार्यालयले थप ५ थान ब्लोर खरिद गरेर सब डिभिजन वनलाई प्रयोगका लागि हस्तान्तरण गरेको छ। एक लिटर पेट्रोलमा २० एमएल मोबिल मिसाएर ब्लोर चलाउँदा एक घण्टासम्म काम गर्ने बताइएको छ। ब्लोरको सहायताले पात सफा गरी फायर लाइन…
उपाध्यक्ष घिमिरे : शोषण र विभेद विरुद्ध संघर्ष गर्न स्कुल जीवनबाटै राजनीति

उपाध्यक्ष घिमिरे : शोषण र विभेद विरुद्ध संघर्ष गर्न स्कुल जीवनबाटै राजनीति

जानु पाण्डे कपिलवस्तु चैत्र २८ गते । पहाडको कष्टकर जीवनशैली टार्न दिन प्रसाद घिमिरे र रूपकला मधेस झर्नु भयो । २०४० सालमा २ छोरी १ छोरा सहित अर्घाखाँचीको ढिकुराबाट कपिलवस्तुको कोपवा बसाइ सर्नु भयो । नयाँ ठाउँ चिन्ने कोही थिएन । केही ठुला वडाको रजगज । विपन्न र सामान्य मानिस हेपिएर बस्न बाध्य थिए । समाजमा बोल्न विचार राख्न पाइदैन्थ्यो । खेतबारीमा सिँचाई गर्न अन्तिममा पालो । महिलालाई दबाएर राख्ने ।राष्ट्रिय सभामा निर्वाचित हुनु भएकी उपाध्यक्ष विमला घिमिरे सामन्ती प्रवृत्तिको विरोध गर्दै राजनीतिमा होमिनु भएको थियो । बुवा भारतमा काम गर्नु हुन्थ्यो । परिवारमा जेठी भए पछि घर धन्दा पनि…
व्यवस्थापनमा प्रभावकारी बन्दै वैज्ञानिक वन संवर्द्धन प्रणाली

व्यवस्थापनमा प्रभावकारी बन्दै वैज्ञानिक वन संवर्द्धन प्रणाली

कपिलवस्तु चैत्र २५ गते । वैज्ञानिक प्रणालीले वन व्यवस्थापन गर्दा सुशासन सँगै वन क्षेत्रको विकासमा टेवा पुराएको बताइएको छ । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेश समितिले आयोजना गरेको अन्तरक्रियामा वक्ताहरूले वैज्ञानिक वन सम्र्वधन प्रणालीले काठ उत्पादन र रुख पुनरुत्पादन समेत बढ्दै भएको बताइएको छ ।कार्यक्रममा बोल्दै महासङ्घका केन्द्रीय अध्यक्ष रेणु सेनले सात प्रदेशमा नियमावली निर्माण भए पनि कार्यविधि निर्माणमा अलमल भएको बताउनु भयो । लुम्बिनी प्रदेशले कार्यविधि निर्माण गरी वन संवर्द्धन प्रणाली अनुसार वन व्यवस्थापन गर्दा उत्पादनमा गुणात्मक वृद्धि भएको बताइएको छ । नेपालमा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापन लागु गर्नु भएका डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले…
साना कृषकलाई सहकारीमा जोडनु पर्छ ः पूर्व मन्त्री पौडेल

साना कृषकलाई सहकारीमा जोडनु पर्छ ः पूर्व मन्त्री पौडेल

कपिलवस्तु चैत्र २४ गतेलुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री तथा किसान महासंघका केन्द्रीय सदस्य आरती पौडेलले साना किसानलाई सहकारीमा जोड्नु पर्ने बताउनु भएको छ । अखिल नेपाल किसान संघ कपिलवस्तुको जिल्ला अधिवेशनमा बोल्दै पौडेलले चक्लावन्दीको लागी कानुन नहुँदा र ठुलो मात्रामा खेती गर्न जग्गा अभाव भएको हुँदा साना किसानलाई सहकारी मार्फत जोड्नु पर्ने बताउनु भयो । उहाँको उत्पादन सहकारीले खरिद गर्ने, वीउ मल लगायत सहकारीबाट उपलब्ध गराउँदा किसानको मेहनत खेर नजाने बताउनु भयो ।कार्यक्रममा बोल्दै एमाले कपिलवस्तु जिल्ला अध्यक्षले अखिल नेपाल किसान संघले किसान आन्दोलनको नेतृत्व गर्दै कृषकको हक हितमा सवालमा पैरवि गरेको बताउनु भयो । एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य…
पुस्तक बिक्री गर्न आइपुगे महाविर पुन, शुक्रवार बुद्धभूमि र शिवराजको पालो (स्थानको सूचि सहित)

पुस्तक बिक्री गर्न आइपुगे महाविर पुन, शुक्रवार बुद्धभूमि र शिवराजको पालो (स्थानको सूचि सहित)

कपिलवस्तु चैत्र २२ गते ।राष्ट्रिय आविश्कार केन्द्र सञ्चालनको लागि आफ्नो जीवन कथा बेच्न महाविर पुन कपिलवस्तु आउनु भएको छ । बिहीबार साँझ कपिलवस्तु आउनु भएका पुन होटेल इटालिएनमा बस्नु भएको छ । उहाँ भोली बुद्धभुमि र शिवराजन नगरपालिकाका पुस्तक बिक्री गर्न कार्यक्रम रहेको छ ।यस्तो छ समय तालिकाबिहान ७ बजे गोरुसिङ्गे आर्मि ब्यारेक अगाडिबिहान ८ः३०देखी ९ बजे पत्थरकोटबिहान ९ः३० देखी १० बजे गौतम बुद्द उच्च मा वि१०ः३० देखी ११ बजे बुद्दभुमि नगरपालिका११ः३० देखी १२ बजे होटेल रिभर साइट, पुल्चोक इमिलिया१ बजे संजिवनि हस्पिटल , चन्द्रौटा
नागरिक उन्मुक्ती पार्टीमा रेशम दम्पतीको नेता बिच कुटाकुट

नागरिक उन्मुक्ती पार्टीमा रेशम दम्पतीको नेता बिच कुटाकुट

नागरिक उन्मुक्ति पार्टीको बैठकमा नेताहरूबिच कुटपिट भएको छ। सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय समिति बैठकमा नेताहरूबिच कुटपिट भएको हो। टीकापुर नगरपालिकाका मेयर समेत रहेका केन्द्रीय सदस्य रामलाल डगौरा थारुले बैठकमा सहभागी भएका पाँच जना  संस्थापक सदस्यमाथि कुटपिट भएको बताए। उनले नागरिक न्यूजसंग भने, 'बैठकमा सहभागी भएका म सहित पाँच जना संस्थापक सदस्यमाथि कुटपिट भएको हो। त्यहाँ पार्टीका संरक्षक पनि हुनुहुथ्र्यो। उहाँले यो घटनाको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ।'  यो समाचार नागरीक न्यूज अनलाईन पोर्टलमा प्रशाशित रहेको छ ।
चिसो गराउन कुलर लगाएर खेती गर्छन कपिलवस्तुका कृषक

चिसो गराउन कुलर लगाएर खेती गर्छन कपिलवस्तुका कृषक

कपिलवस्तु चैत्र १९ गते ।तिन दशक देखी परम्परागत रुपमा खेती गर्दै आएका कपिलवस्तु नगरपालिका वडा नं. ६ तिलौराका दरसराम कोँहार यस वर्ष देखी आधुनिक खेती गर्न सुरु गरेका छन् । अघिल्लो वर्ष सम्म खुला आकास र मौसमी खेती गर्दै आउनु भएको उहाँले यस वर्ष देखी बेमौसेमी तरकारी उत्पादन गर्ने उद्धेश्यले खेती सुरु गर्नु भएको छ । लुम्बिनी प्रदेश सरकारको कृषि ज्ञान केन्द्र कपिलवस्तु मार्फत कोहाँरले सेमी हाइटेक नर्सरी स्थापना गरे पछि उहाको कृषि गर्ने शैलीमा परिवर्तन देखा परेको छ ।सेमी हाइटेक नर्सरीमा तापमान नियन्त्रण गर्न सकिने भएको हुँदा बेमौसेमी खेती गर्न सकिने कोहाँरले बताउनु भयो । नर्सरीमा चारै तिरबाट आवश्यक…